अब त पद छोड्ने कि ओलीज्यू ? :: श्री केपी शर्मा ओलीलाई खुलापत्र

अब त पद छोड्ने कि ओलीज्यू ? :: श्री केपी शर्मा ओलीलाई खुलापत्र


kp-oli

महामहिम प्रधानमन्त्रीज्यू,
नेपाल हिन्दूराज्य नरहेकाले मैले तपाईंलाई ‘सम्माननीय’ भनी सम्बोधन गर्न सकिनँ । क्षमाप्रार्थी छु । धर्मनिरपेक्ष भनेको राज्यको कुनै पनि धर्म नभएको अवस्था भन्ने बुझिन्छ । धर्म भनेको दया, करुणा र उपकार हुन् । यी तीनै कुरा राज्यसित छैन भन्ने जान्दाजान्दै पनि लामो समयपछि आमनेपाली जनताको तर्फबाट मैले तपाईंलाई खुलापत्र लेख्न लागेको छु, आशा छ आपैँm कृतघ्न व्यक्ति हुँ भन्ने ठानी स्वीकार गर्नुहुनेछ ।

कुनै पनि सभ्य मानिसले आफूप्रति सहानुभूति राख्ने व्यक्तिउपर करुणा राख्छ, तर पाशविक हृदय भएका व्यक्तिले गुण र दुर्गुण छुट्याउँदैन । यी दुईमध्ये तपाईं पनि एउटा त पक्कै हुनुहोला । हुन त तपाईं धर्मविहीन मुलुकको प्रधानमन्त्री, म राज्यको धर्म चाहने नागरिक, त्यसैले तपाईंसित मेरो खासै नाता नभए पनि राज्यको धर्म चाहने हामीजस्ता बहुसङ्ख्यक नागरिकको रगत, पसिना खाएको नाताले मात्र यो पत्र लेखी प्रकाशित गराएको हुँ । यदि तपाईं मुस्लिम देशको प्रधानमन्त्री भइदिएको भए बढी राम्रो हुन्थ्यो, किनभने मुस्लिम देशमा गाईजस्तो सर्वगुणी प्राणीको भक्षण गरिन्छ । नाबालिकाको गुप्ताङ्ग छेदन गरिन्छ र स्वतन्त्रता चाहने व्यक्तिलाई या त ढुङ्गाले हानेर या त झुन्ड्याई छाला काढेर मारिन्छ । तपाईंले त आमनेपालीलाई त्योभन्दा पनि निर्दयी व्यवहार (भोकभोकै मार्ने) नीति लिएकाले तपाईं आमनेपालीको अभिभावक बन्न योग्य पात्र नरहेको महसुस गरेको छु तथा स्वार्थलिप्सा प्राणी भएको ठहरिएकाले अलिकति मात्र पनि लाज, घीन, शरम बाँकी भए राजीनामा दिनुहुनेछ भन्ने आशा लिएको छु ।

सबैलाई थाहा छ, तपाईं अहिले एकातिर १७ हजार नेपालीको हत्यामा रमाएको जत्था र अर्कोतिर ३० वर्षे निर्दलीय जमातको दमनकारी मण्डले समूहको मात्र संरक्षक बनिरहनुभएको छ । खोइ, तपाईंको त १४ वर्ष जेलमा बस्दा पनि बुद्धि पलाएनछ कि क्या हो ? जनताको वास्तै नगर्ने यस्तो धम्मरधुस व्यक्तिले किन १४ वर्ष जेल बसेको होला भनी नेपालीले प्रश्न गर्न थालेका छन् । तपाईं प्रधानमन्त्री बनेको तीन महिना बितिसक्यो, अझै बजारमा ग्यास छैन, मट्टीतेल छैन र सर्वसुलभ दाउरा पनि छैन । केही सीप नलागेर बिजुलीका सामान किन्यो दैनिक १५ मिनेटभन्दा बढी बिजुली आउँदैन । बजारमा कालोबजारी व्याप्त छ, महँगीले ढाड सेकेको छ, उद्योग–व्यवसाय ठप्प भएर लाखौँ मजदुरको रोजीरोटी खोसिएको छ । न पकाउने वस्तु छ, न सामान छ । यतिका पत्रिकाले लेख्दा पनि नसुन्ने र नदेख्ने तपाईंका पशुमन्त्रीहरू र तिनै पशुमन्त्रीको नाइके तपाईंको चाला देख्ता पो अचम्म लागेको हो ।

अरूभन्दा पनि ती ऊर्जामन्त्री बनेका व्यक्ति घाँसै खाने परेछन् कि कसो हो, बिजुलीधरी काटेर हैरान छ । अर्का आपूर्तिमन्त्री बनेका व्यक्तिको स्वाँठपारा देख्दा पनि अचम्मै लाग्छ । मलाई लाग्छ– तपाईंको मन्त्रिमण्डलमा अन्न खाने प्राणी नै छैनन् कि क्या हो ? अन्न खाएका भए त अलिकति विवेक हुन्थ्यो होला । आजकाल बिजुली काटेर कम्प्युटर बिग्रे, मोबाइल थन्किए, हिटर, इन्डक्सन, राइसकुकर पनि बेकाम भए, गरिब नेपालीले के गरी बाँच्ने ? के तपाईंमा अलिकति पनि समवेदना छैन ? के प्रधानमन्त्री भनेको आची पुछ्न पनि नजान्नेलाई जागिर खुवाउने संस्था मात्र हो ? के प्रधानमन्त्री भनेको जनताको संरक्षक होइन ? अभिभावक होइन ? यति पनि ज्ञान नभएको भए त्यो पदमा किन टाक्सिइरहनु ? के तपाईंको कार्यकालमा अभावमा मरेका नागरिकको पाप तपाईंलाई लाग्दैन । हुन त धर्मविहीन राज्यका प्रधानमन्त्रीलाई मैले धर्मको कुरा राख्न सुहाउन्नथ्यो, त्यसका लागिचाहिँ क्षमाप्रार्थी पनि छु । धर्म नभएपछि दया वा करुणा नहुँदो रै’छ भन्ने कुरा तपाईंले देखाइरहनुभएको छ । मैले तपाईंप्रति विगतमा राखेका सहानुभूतिका कारण मलाई नै लाज लागेर यति लेखेको हुँ ।

Ratnanidhi Regmi
म एक कवि, लेखक हुँ, ज्योतिर्विद् पनि हुँ । ज्योतिषपछि आयुर्वेद पढेँ, विश्वका अनेक विद्या पढियो र पढ्ने क्रम जारी नै छ । तर, विगत तीन महिनादेखि खाना पकाउने इन्धन र बिजुलीको भारी कटौतीका कारण लेखन पनि बन्द गर्नुपरेको छ । तपाईंले पो सन्तान पाल्नुपरेको छैन, बालबच्चा हुनेलाई कति ताप भयो होला ? कति कष्ट र क्षति पुगेको होला ? के अनुमान गर्न सक्नुहुन्छ ? मजस्ता कैयन् पत्रकारको अवस्था कति भयावह बनेको होला ? अनुमान गर्न सकिँदैन । अहिले लाखौँ विद्यार्थीको एसएलसी टेस्टको पनि समय छ, तर बिजुलीबत्ती दैनिक १५ मिनेट पनि आउँदैन । के गरी पढ्छन् ? तपाईंहरूलाई पो राज्यकोष लुटेरै पुग्छ, तपाईंका भाते कार्यकर्तालाई चन्दा र ठगी गरेरै खान भगवान्ले खटाइदिएका होलान्, तर सर्वसाधारण जो नियम, कानुन मानेर बसेका छन्, तिनलाई कतै आकाशबाट बर्सिने त होइन होला । अनि यिनले कसरी बाँच्ने ? अभिभावक बनेको व्यक्तिले सोच्नुपर्दैन ? कि त अभिभावकत्व गुमाइसकेपछि पद छोड्नु राम्रो हुन्छ । बरु त्यसो गर्नुभयो भने तपाईंको अलिकति साख बाँकी रहला, होइन भने भविष्यमा तपाईं दुर्नाम पात्र भएर पतन हुनुहुने कुरामा दुईमत छैन ।

नेपालको इतिहासमा अहिलेजस्तो चरम अव्यवस्था कहिल्यै थिएन र भविष्यमा नहोला पनि । सधैँ जनताको नाम जप्ने र जनताको रगतमा ढाडिएर किर्नै बन्ने नेपालका सबैजसो वामपन्थी (रोहितबाहेक) सत्तामा छन्, तर जनताको यति चर्को ढाड सेकिएको कहिल्यै थिएन । यति हदसीमा नाघ्यो कि सहन गर्ने ठाउँसम्म भएन । तर खोइ कम्युनिस्ट भनिनेसित मानवीयता ? के यी कम्युनिस्ट भनिनेहरूले अनुगमन, कुपनबाट वितरण गर्न सत्तैmनथे ? जनताको रगतमा ढाडिएका कम्युनिस्ट भनिने किर्नाहरू अहिले कता छन् ? पृथ्वीनारायण शाहले जोडिदिएको मुलुकमा बसेर भात खान यी डुकुलण्ठकहरूलाई किन लाज नलागेको होला ? अझै पृथ्वीनारायणलाई नै गाली गरेर उनैको मुलुकमा किन मस्ती गरिरहेका होलान् ? बडो आश्चर्यको बात बनेको छ । हुन त वामपञ्चहरूको वर्चस्व रहेको वर्तमान मन्त्रिमण्डल भनेको पशुहरूको जत्था मात्र भएर होला जनताको कुनै सरोकारै राखिएन । त्यसो भएर पनि कुनै राजनीतिसित अभिप्रेरित नभएका कडोरन् नेपालीका तर्फबाट मैले यतिचाहिँ भन्नैपर्छ कि केपीजी तपाईं तुरुन्तै राजीनामा गर्नुस्, तपाईं अब पनि पदमा रहने हो भने सुरुवाल फुकालेर नाङ्गै सडकमा हिँड्नोस् । तपाईंको हितैषीहरूको सुझाव यही छ, बरु त्यसो गर्दा नै तपाईंलाई सुहाउला पनि । धन्यवाद !

उही तपार्इंको सदा भलो चिताउने कवि
– ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’, हाल : बेघर