‘नेपालीभषीलाई खेद्ने नयाँ षडयन्त्र गर्दैछ भुटान’

‘नेपालीभषीलाई खेद्ने नयाँ षडयन्त्र गर्दैछ भुटान’


Teknath Rijal
भुटानमा थप हजारौँ नेपालीभाषीलाई खेदेर शरणार्थी त्यहाँको सरकारले जालझेल गरिरहेको भुटानी मानवअधिकार आन्दोलनका अगुवा टेकनाथ रिजालले आरोप लगाएका छन् । भुटानी शरणार्थीका ८० हजार जति नातेदारलाई भुटानी चुनावमा मत खसाल्न नदिएर अर्धनागरिक झैँ बनाइएको उल्लेख गर्दै उनले यो ठूलो षडयन्त्र भएको दाबी गरे ।

मंगलबार झापाको दमकमा संचारकर्मीहरुसँग कुरा गर्दै शरणार्थी नेता रिजालले भुटानी शरणार्थीको स्वदेश फिर्तीका लागि नेपालले सही कदम उठाउन नसक्दा शरणार्थी समस्या लम्बिँदै गएको आरोप लगाए । भुटानी शरणार्थीको दिगो समाधानमा नेपाल सरकारको कूटनीति प्रभावकारी हुन नसकेको आरोप लगाए। उनले शरणागत भुटानी स्वदेश फर्कन नपाएको र नचाहँदा नचाहँदै विश्वका विभिन्न मुलुकमा छरिनुपरेको भन्दै गुनासो गरे ।

नेपालले भारतलाई यो समस्या समाधानमा साथ लिन नसक्दा शरणार्थी समस्या कायम रहेको उनले पटक पटक दोहोर्याए । सरकारले शरणार्थीलाई धमाधम पुनर्वासमा मात्र प्राथमिकता दिँदा शिविर रित्तिँँदै गएको र स्वदेश फर्कन पाउने अधिकारबाट भुटानी वञ्चित हुनुपरेको गुनासो उनको थियो ।

दक्षिण भुटानका चिराङ, दागना, छुका, साम्ड्रपजोंखर, सर्भाङ र साम्ची जिल्लाका नेपालीभाषीलाई भुटानको नेसनल एसेम्ब्लीको निर्वाचनमा मतदान गर्न दिइएको रिजालको भनाइ थियो । उनले भने– “वाङचुक वंशको राजसंस्थाले भुटानबाट नेपालीभाषीलाई खेद्ने प्रपञ्च रचिँदै छ ।” अर्को प्रसङ्गमा नेता रिजालले भुटानभित्रको प्रजातन्त्र र मानवअधिकार आन्दोलनको स्थितिको स्वतन्त्र अनुगमन नभएको जिकिर गरे ।