अनमोलले बाबुको बिँडो नथाम्ने !

अनमोलले बाबुको बिँडो नथाम्ने !


bhuwan_kc_thumb
यतिबेला युवतीहरूले अत्यधिक मन पराउने नवोदित नायक मानिन्छन् अनमोल केसी । भुवन केसीका छोरा अनमोल पछिल्लो समय सेक्सको प्रसङ्गमा दिएको एक अभिव्यक्तिका कारण चर्चामा छन् । उनको उक्त अभिव्यक्ति सुन्नेहरू आश्चर्य मान्दै टिप्पणी गर्न थालेका छन्, ‘अनमोलले भुवनको बिँडो थाम्दैनन् जस्तो छ !’ अनमोलले त्यस्तो के अभिव्यक्ति दिए त, जसका कारण भुवनको बिँडो नै थाम्न नसक्ने भनी आलोचना हुँदै छ ? यो जिज्ञासा सबैमा जाग्न सक्छ । एक अन्तर्वार्ताको क्रममा अनमोललाई सोधिएछ कि नवयुवतीहरूमा तपाईंको अत्यन्तै क्रेज छ, आफूप्रति हुरुक्कै हुने युवतीसँग तपाईं कस्तो सम्बन्ध राख्न रुचाउनुहुन्छ ? जवाफमा अनमोलले भनेछन्– युवतीहरू मसँग जति नै झुम्मिए पनि म सेक्सका लागि तयार हुन भने सक्दिनँ । उनका पिताश्री उमेरले ६ दशक पुग्न लाग्दा पनि अझै लाइन मार्ने युवती भेटे भने पछि हट्दैनन् भन्ने आमबुझाइ भएको परिवेशमा जल्दाबल्दा युवा नायकको यस्तो अभिव्यक्ति आएपछि टिप्पणीकर्ताहरूले भुवनको बिँडो अनमोलले नथाम्ने भए भनी हँसिमजाक गर्नु कुनै अनौठो पनि होइन । बाबु–छोराको केमेस्ट्री नमिल्दैमा कुरो खत्तम भन्न त मिल्दैन, तर यही पारा हो भने कुनै दिन अनमोलको गर्लफ्रेन्ड भुवनकै गाडीमा हिँडेको देख्नुपर्ने त होइन ? एकथरी चलचित्रकर्मी अहिल्यैदेखि जिब्रो काड्न थालेका छन् ।