सार्क बैठक पोखरामा गर्ने तयारी

सार्क बैठक पोखरामा गर्ने तयारी


Kamal @ Pokhara
पोखराको पर्यटकीय अहमताको थप प्रचारप्रसार एवम् उपयोग होस् भन्ने ध्येयबाट सरकारले दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क)को मन्त्रीस्तरीय बैठक पोखरामा गर्ने तयारी गरिरहेको छ । पोखरामा सार्क मन्त्रीस्तरीय बैठक आयोजनाबारे उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले शुक्रबारपोखरामा प्रशासनिक एवम् सुरक्षा निकायसँग छलफल गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीको सभाकक्षमा भएको छलफलमा क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइराला, पश्चिामाञ्चल क्षेत्रस्तरीय सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, स्थानीय विकास अधिकारी रामचन्द्र तिवारी, पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत भmलकराम अधिकारीसँग परराष्ट्रमन्त्री थापाले छलफल गरेका हुन् । उपप्रधानमन्त्री थापाले पोखरास्थित फिस्टेल लज, होटेल पोखरा ग्रान्ड, साङ्ग्रीला भिलेज रिसोर्ट र फूलबारी रिसोर्टको अवलोकन समेत गरी त्यहाँ हुनसक्ने आवास व्यवस्थापनबारे छलफल गरेका थिए ।

छलफलपछि उपप्रधानमन्त्री थापाले सार्क मन्त्रीस्तरीय बैठकका लागि प्रभावकारी आवास व्यवस्थापन, सरसफाइ एवम् सुरक्षा व्यवस्थाबारे जानकारी लिएर सम्बद्ध पक्षहरुलाई पूर्वाधारका लागि निर्देशन दिएका छन् । सो अवसरमा उनले पोखरा पर्यटकीय केन्द्र भएका कारण सार्क मन्त्रीस्तरीय बैठकलाई चाहिने पूर्वाधार पूरा गर्न पोखरा सफल रहने विश्वास पनि व्यक्त गरेका छन् ।