आयल निगमप्रति उपभोक्ताको अविश्वास

आयल निगमप्रति उपभोक्ताको अविश्वास


nepal-oil-corporation
पटक-पटक दाबी गरे पनि उपभोक्तालाई इन्धन तथा ग्यासको आपूर्ति गर्न नसकेको नेपाल आयल निगमले उपभोक्ताको माग बमोजिम पेट्रोलियम पदार्थको वितरणलाई प्रभावकारी बनाउने दाबी फेरि पनि गरेको छ । इन्धन आपूर्ति बढेपनि उपभोक्ताले सहज रुपमा पेट्रोलियम पदार्थ नपाएको गुनासो बढिरहेका बेला निगमले सामान्य अवस्थामा जस्तै वितरणलाई प्रभावकारी बनाउने दाबी गरेको हो।

विभागका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले एक दुई दिनभित्रै आपूर्ति पूर्णरुपमा सहज बनाइ उपभोक्तालाई लाइन बस्न नपर्ने गरी प्रट्रोलियम पदार्थ वितरण गरिने बताएका छन् । स्मरणीय छ, गत शुक्रबार यता ठूलो परिमाणमा पेट्रोलियम पदार्थ उपत्यका भित्रिएको छ । काठमाडौँ उपत्यकामा सामान्य अवस्थामा दैनिक तीन लाख ५० हजार लिटर पेट्रोलियम पदार्थको माग हुँदै आएको छ ।

आयल निगमले यस्तो दाबी गरे पनि आम उपभोक्ताले भने सहज आपूर्ति हुनेमा आशंका प्रकट गरेका छन् ।