नीता पाउन दुई वर्ष कुर्नुपर्ने

नीता पाउन दुई वर्ष कुर्नुपर्ने


nita-dhungana
नायिका लाई बिहे गरौँला र हिरोइनको श्रीमान् बनेर गम्कौँला भन्ने सोच बनाएका अमेष भण्डारीले अझै दुई वर्ष उनलाई श्रीमती बनाएर अँगालो हाल्न नपाउने भएका छन् । करिअरका लागि भन्दै नीताले दुई वर्षपछि मात्र घरजम गरौँ है भन्ने प्रश्नयुक्त सर्त तेस्र्याएपछि अमेष ‘हस्’ भन्न बाध्य भएका छन् ।

नेपाली फिल्म उद्योगमा हिरो–हिरोइनबीच विवाह हुनु र सम्बन्धविच्छेद हुनुलाई सामान्य रूपमा लिइन्छ । यस अर्थमा भोलिका दिनमा अमेष नीताको प्रेमीकै रूपमा सीमित भए भने पनि आश्चर्य नमाने हुन्छ । हिजो चलचित्र फूलैफूलको मौसम रिलिजपछि बिहे गर्ने भनेकी निताले अहिले आएर ‘दुई वर्षपछि मात्र’ भनिन् । अरू कुनै दिन ‘अर्को दुई वर्षपछि’ नभन्लिन् भन्ने के ग्यारेन्टी ? नीताको श्रीमान् हुन नपाए पनि प्रेमीका रूपमा चिनिँदै आएका अमेषले योचाहिँ विचार गर्नैपर्ला । के भो त आखिर हिरोइनका प्रेमी भनी चिनिन पाउनु पनि कम्ती अहोभाग्य हो र ?