प्रम ओलीको विरोधमा दिल्ली एयरपोर्टमा कालो झण्डा प्रदर्शन

प्रम ओलीको विरोधमा दिल्ली एयरपोर्टमा कालो झण्डा प्रदर्शन


KaloJhandaOli4
छिमेकी मित्रराष्ट्र भारतको ६ दिवसीय राजकीय भ्रमणमा शुक्रबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओली निर्धारित समयभन्दा आधा घण्टा ढिला गरी इन्दिरा गाँधी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए पनि उनलाई भारत सरकारको तर्फबाट विदेशमन्त्री श्रीमती सुष्मा स्वराजले स्वागत गरेकी थिइन् । तर, स्वभावैले रातो भण्डा मन पराउने उनलाई विरोधको पूर्वतयारी गरेर बसेका नेपालका मधेशी विद्यार्थीहरुले भने कालो रंगको झण्डाले ‘स्वागत’ गरेका थिए । प्रधानमन्त्रीलाई कालो झण्डा देखाउनको लागि दिल्लीस्थित विभिन्न विश्वविद्यालय र संस्थानमा अध्य्यनरत मधेशी विद्यार्थीहरुले पहिलेदेखि नै योजना बनाएका थिए। उनिहरुले कडा सुरक्षालई चक्मा दिँदै विमानस्थल जाने बाटोमा एकत्रीत भएर कालो झण्डा देखाएका थिए । कालो झण्डा हेर्दै प्रधानमन्त्री ओली भने मुसुमुसु हाँसेका थिए ।

कालो झण्डा देखाउदै उनिहरुले मुर्दावादसहितका चर्का नारा लगाएका थिए । मधेशीको हत्यारा फिर्ता जाऊ भन्दै करिव सयजनाको संस्खाइमा उपस्थित विद्यार्थीहरु सुरक्षाको कारणले स-सानो समुहमा विभाजित भई विभिन्न ठाउँमा बसि झण्डा देखाउदै नाराबाजी गरेका थिए।
Jpeg
प्रदर्शनमा सहभागी एक विद्यार्थी संजय यादवले ओली मधेशी, थारु र जनजातिको नृशंस हत्याका जिम्मेवार पात्र हुनाले आफूहरुले उनलाई कालो झण्डा देखाएको तर्क गरे । अर्का विद्यार्थी प्रविण कर्णले भने, म कुनै राजनीति संगठन प्रति आबद्ध होइन तर ओलोले मानवअधिकारको हन्न गरेको हुनाले हामीले उनलाई कालो झण्डा देखाएका हौँ । त्यस्तैगरी, भारतकै सबभन्दा प्रमुख विश्वविद्यालयका विद्यार्थी तथा प्रदर्शनकारी विकास मिश्राले मधेशीहरुको आनदोलन जारी छ, मागहरु पुरा नहुनजेलसम्म जारी रहने छ भनि ओलिलाई सम्झानको लागि यो प्रदर्शन गरिएको हो भनी प्रस्ट्याए ।

प्रधानमन्त्री ओलीको सम्मानमा दिल्लीस्थित नेपाली राजदुतावासले शुक्रबार साँझ रात्रीभोजको आयोजना गरेको थियो । भोजमा राजदुतावासले दिल्लीस्थित विभिन्न पेशा गरी बस्ने नेपाली समुदायका साथै विभिन्न विश्वविद्यालयहरुमा अध्य्यरनत विद्यार्थीलाई समेत बोलाएका भए पनि एउटा पनि मधेशी विद्यार्थी नबोलाएको भन्दै विरोध जनाइएको छ । दिल्ली विश्वविद्यालयमा अध्य्यनरत एक मधेशी मुलको विद्यार्थीले भने नेपाल सरकारले देशमा त भेदभाव गरे–गरे विदेशमा पनि राजदुतावासले मधेशीसंग भेदभाव गरे भन्दै गुनाोि गरेका थिए ।

मधेशी विद्यार्थीहरुले राजदुतावसले आफूहरुसंग गरेको भेदभावको विरुद्धमा रात्रीभोज चलिरहेको बेलामा राजदुतावास परिसरअगाडि पनि प्रधानमन्त्रीसहित राजदुतलाई कालोझण्डा देखाउनुको साथै नाराबाजी गरेका थिए ।

– नयाँदिल्लीबाट राजेश सिंह