जनतान्त्रिकका हत्या-अभियुक्त सात पक्राउ

जनतान्त्रिकका हत्या-अभियुक्त सात पक्राउ


हत्या गर्ने कार्यमा संलग्न
हत्या गर्ने कार्यमा संलग्न रहेको आरोपमा जनतान्त्रिक टाईगर जनशक्ति पार्टी नामक भूमिगत संगठनका सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जनतान्त्रिकको सैन्य कमाण्डर बताउने सिरहा राजपुर–१ रजोखर बस्ने २४ बर्षीय रामरिझन यादव, धनुषा गणेशमान चारनाथ नगरपालिका–२ बस्ने ४२ बर्षीय जोगिन्द्र महतो, २२ बर्षीय नागे साह, २४ वर्षीय शुभ नारायण यादव, धनुषाधाम नगरपालिका–८ बस्ने ३५ वर्षीय प्रमोदकुमार पुर्वे, सिराहा मिर्चेया बस्ने २४ वर्षीय बेचन पासवान र सिराहा राजपुर–१ बस्ने ३५ बर्षीय जसलाल यादव रहेका छन् । धनुषा बालाबखर–४ बैरीया टोल स्थित सडकमा गत माघ २२ गते सोही ठाउँ बस्ने ५० बर्षीय राजेन्द्रप्रसाद यादवलाई उनीहरुले गोली प्रहार गरी हत्या गर्नुको साथै माघ २३ गते धनुषा गणेशमान चारनाथ नगरपालिका–४ स्थित वीरेन्द्र बजारमा ४५ बर्षीय नसिव मियाँ राइन र कमला नदीको पुलमा सिराहा बडहरामाल–३ बस्ने २५ बर्षीय राम सोगारथ महतोलाई गोली प्रहार गरी सख्त घाइते बनाई फरार रहेको आरोप छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो समेतबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाइएको जनाएको छ ।