क्याट्रिना बनिन् अवसादको सिकार !

क्याट्रिना बनिन् अवसादको सिकार !


Katrina-Kaif 3
बलिउडकी चल्तापुर्जा र हट नायिका क्याट्रिना कैफ यतिबेला लभ ट्रयाजिटीमा परेकी छिन् । सलमानजस्ता हाइप्रोफाइल प्रेमी त्यागेर रणवीर कपुरको अँगालोमा बाँधिन पुगेकी उनी रणवीरको प्रेममा हासिल भएको धोकाका कारण रन्थनिन पुगेकी हुन् । क्याट्रिनाकै लागि रणवीरले परिवारको सहमतिविपरीत बेग्लै फ्ल्याटसमेत खरिद गरेका थिए । तर, हुनेवाली सासू नै क्याट्रिनालाई पटक्कै मन नपराउने भएपछि रणवीरको केही लागेन । विस्तारै उनी क्याट्रिनाबाट टाढिन थाले र अहिले त उनीहरू एक–अर्काको सामु नै उभिन नसक्ने अवस्थामा पुगेका छन् । रणवीर पुग्ने पार्टीमा क्याट्रिना नजाने र क्याट्रिना उपस्थित हुने थाहा पाएपछि रणवीर फरार हुने उपक्रम चलेबाट उनीहरूका कमन साथीहरू पनि अप्ठ्यारोमा पर्ने गरेका छन् ।

यहाँसम्म त ठीकै थियो । तर, रणवीरसँगको विछोडको चोटले क्याट्रिनालाई गहिरो आघात पारेको बुझिएको छ । उनमा अवसादको लक्षण देखिएको छ । यसरी डिप्रेसनमै पुगेबाट उनी रणवीरसँगको प्रेममा कति डुबेकी रहिछिन् भन्ने प्रस्टिएको छ । डिप्रेसनकै कारण हिजोआज क्याट्रिना औषधि सेवन गरी १२ घन्टा बढी सुत्न थालेकी छिन् । जब कि उनी आफूलाई चुस्तदुरुस्त राख्नको लागि बिहान ३ बजेदेखि नै उठेर फिजिकल फिटनेसको अभ्यास गर्न अल्छी नमान्ने सुन्दरी हुन् ।