रेस्लर ‘ द हिमालयन टाइगर’ पर्यटन सद्भावना दूत

रेस्लर ‘ द हिमालयन टाइगर’ पर्यटन सद्भावना दूत


Bharat Bisural2
व्यावसायिक कुस्तिबाज (रेस्लर हिमालयन टाइगर) भरतबहादुर बिसुराल ‘पर्यटन सद्भावना दूत’ नियुक्त हुनुभएको छ । नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनमा पु¥याउँदै आएको योगदानको कदरस्वरुप कुस्तिबाज बिसुराललाई अवैतनिक सद्भावना दूतमा दुई वर्षका लागि नियुक्त गरेको हो ।

नेपाललाई छुट्टी मनाउने प्रमुख गन्तव्यको रूपमा स्थापित गर्न कुस्तिबाज बिसुराल आफूलाई उपलब्ध हरेक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा यहाँका प्राकृतिक र सांस्कृतिक सम्पदाको सकारात्मक सन्देश दिन सफल हुने विश्वास बोर्डले गरेको छ । यसैबीच, लमजुङ सेवा समाज कतारको आयोजनामा अप्रिल २२ मा हुने भेलामै नेपालको कुस्ति खेलबारे पनि छलफल गरिने जानकारी बिसुरालले दिनुभएको छ ।