‘सोसियल वेलफेयर’का ‘लूपहोल’हरु

‘सोसियल वेलफेयर’का ‘लूपहोल’हरु


लण्डन । साधारणतया रोजगारीलाई चाहिने शारीरिक क्षमता नभएकाहरुले वृद्ध भत्ताकै हाराहारीमा गत अक्टोबर २००८ मा लेबर सरकारद्वारा प्रयोगमा ल्याइएको इन्प्लोवमेन्ट एण्ड सपोर्ट अलोयन्स (इ.एस.ए.)अन्तर्गत सरकारी आर्थिक सहयोग लिनका लागि आवेदन दिनेहरुमध्ये तीन तिहाइहरु सबल भएको तथ्य अधिकारीहरुबाट खोलिएको छ । जसको सार्वजनिकपछि बेलायतको सोसियल वेलफेयर वास्तवमै भन्ने भए तथ्यपरक अनि वैधानिक नभएको थाहा भएको छ । वेलफेयरका विविध पक्षहरुमा रहेका लूपहोलहरुको प्रयोग गर्दै लाखौं श्रोतको गलत प्रयोग भएको बताइएको छ ।
गत २२ महिनाको अवधिमा ८८७,३०० मध्ये १,१७५,७०० आवेदकहरु सोही ‘इ.एस.ए.’अन्तर्गतको असमर्थवान भत्ता बुझ्ने क्रमको जाँचबुझमा अयोग्य ठहरिएका छन् । ४५८,५०० जनाहरु कुनै प्रकारको काम गर्न पनि पूर्ण समर्थ रहेका तथ्य सार्वजनिक भए लगत्तै ४२८,८०० जनाले मेडिकल एसेस्मेन्ट हुनुअगावै आफ्नो क्लेमलाई लत्याएर अनुपस्थित रहेका थिए भन्ने डिपार्टमेन्ट फर वर्क एन्ड पेन्सनसले आफ्नो भर्खरै प्रकाशित गरेको फिगरमा जनाएको छ ।
इन्प्लोएमेन्ट मिनिस्टर क्रिस ग्रेएलिंग भन्छन् -“त्यसैले, एकपटक फेरि, हामीसँग वेलफेयर सिस्टमलाई परिवर्तन गर्नका लागि स्पष्ट रुपमा कारण तथा सबूतहरु पर्याप्त मात्रामा छन् । ठूलो परिमाणका आवेदकहरु वास्तवमा, आफ्नो काममा फर्कन समर्थ भएको तथ्य खुलेपछि हाम्रो ध्यान इएसएबाट लाभान्वित भएका पुराना केसहरुतर्फ र आर्थिक सहयोगलाई बीचमै छाड्नेहरुउपर पनि गम्भीरताका ध्यान गएको छ र हामी फेरि एकपटक ती केसहरुलाई राम्ररी अध्ययन गर्दैछौं । र यो पक्कै हो कि, हामी ती आवेदकहरुलाई गम्भीरताका साथ सहयोग प्रदान गर्नेछौं जो वास्तवमै असमर्थ छन् ।” -देब, मेस, श्रोत नेट