नामिवियाविरुद्ध नेपाल विजयी

नामिवियाविरुद्ध नेपाल विजयी


kkk

विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत प्रतियोगितामा नेपालले नामिवियालाई तीन विकेटले पराजित गरेको छ । जितसँगै नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसीपको शीर्ष चारमा पर्ने आशा कायम राखेको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३९ रनको स्कोर बनाएको थियो । दुई सय ४० रनको विजय लक्ष्यसाथ मैदानमा उत्रिएको नेपालले कप्तान पारस खड्काको शतकीय पारीको मद्दतबाट नामिवियालाई तीन विकेटले पराजित गरेको हो । नेपालले अन्तिम एक बल बाँकी छँदा लक्ष्य भेट्टाएको हो । नेपालले सात विकेट गुमाएर २४३ रन बनाएको थियो ।

नेपालको जितमा शरद भेषवाकरले अविजित ७४, विनोद भण्डारीले १२, ज्ञानेन्द्र मल्लले २२, नरेश बुढाऐरले ६, राजेश पुलामी मगरले एक र सागर पुनले दुई रनको योगदान दिए ।

नामिवियाका लागि कप्तान स्टेफन वार्डले अर्धशतकीय पारी खेल्दै ५१ तथा जेन ग्रिनले ४७ रन बनाए । त्यस्तै, सरेल बर्गरले अविजित ४३ तथा जेपी कोट्जेले ३२ रन जोडेपछि आज बलिङतर्फ नेपालले खराब सुरुवात ग¥यो । नेपालले पहिलो विकेटका लागि २०।४ ओभरसम्म कुर्नुप¥यो । नेपालका लागि सन्दीप लामिछानेले दुई, वसन्त रेग्मी र शक्ति गौचनले पनि समान दुई-दुई विकेट लिए ।

त्यसैगरी, विकेटकिपर विनोद भण्डारीले एक क्याच र एक स्टम्पिङ गराए भने शरद भेषवाकर, कप्तान पारस खड्का, सुशन भारी र नरेश बुढाऐरले एक-एकजना नामिबियाका खेलाडीलाई रन आउट गराए । प्रतियोगिताअन्तर्गत तेस्रो चरणको नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले शनिबार उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेटले पराजित गरेको थियो ।
Cricket-Day