हङकङेली नेपालीहरुको भेला सम्पन्न

हङकङेली नेपालीहरुको भेला सम्पन्न


फार्नबोरोह, यूके । हिजो दिउँसो १२ बजेदेखि रातको ९ बजेसम्म ओकफार्म कम्युनिटि स्कुलको हलमा हङकङेली नेपालीहरुको एक विशाल भेला विभिन्न साँस्कृतिक प्रस्तुतिसहित सम्पन्न भएको छ । गत वर्षभन्दा अत्यधिक मात्रामा हङकङेलीहरुका सहभागिता रहेको कार्यक्रममा तथानुरुप व्यवस्थापन हुन नसकेको भन्ने गुनासो रहे तापनि वर्षको एक दिन हङकङमा अचानकै जस्तै गरी छुटेका चीरपरिचितहरुसँग भेट्ने सन्दर्भ मिल्नु नै एक उपलब्धिको रुपमा रहेको मान्ने सहभागीहरु आपसी भलाकुसारीमा सर्वत्र रम्दै गरेको देखिन्थ्यो । हङकङेली समाजभित्रबाटै तयार पारिएको विविध नाच तथा गानहरूबाट सहभागीहरूले यथेष्ट मनोरञ्जन लिएको स्पष्ट देखिन्थ्यो । सो कार्यक्रममा सहभागिता राख्नका लागि यूकेका विभिन्न शहरहरूबाट संयुक्त रुपमा बस हायर गरी हङकङेलीहरु आएका थिए ।
औपचारिक कार्यक्रमलाई महासचिव विश्व गुरुङले सञ्चालन गरेका थिए भने एनआरएन यूकेका अध्यक्ष सूर्य गुरुङको सो अवसरमा प्रमुख आतिथ्य रहेको थियो ।
-नीर, मेस, तस्वीरः नरेन्द्र र याम, वाँकी तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।