लण्डनमा ‘निर्दोष’को छायांकन हुँदै

लण्डनमा ‘निर्दोष’को छायांकन हुँदै


लण्डन । हंगकंगमा निर्मित ‘दी प्लान’ नामको नेपाली चलचित्रमा सँगै अभिनय गरेका तत्कालका हंगकंगबासी ध्रुव दत्ता र सब्रिना श्रेष्ठले योपालि यूकेमा निर्माण गरिन थालिएको नेपाली चलचित्र ‘निर्दोष’मा पनि मुख्य भूमिकामा सँगै नै अभिनय गर्दैछन् । एल.बी. सुब्बाद्वारा निर्देशित यस चलचित्रमा एल.बी. सुब्बा, ओगला शेर्या र अम्रिता लिम्बूको संयुक्त लगानी रहेको छ । एचआईभी एड्ससम्वन्धी कथाबस्तुमा आधारित यस चलचित्र वस्तुतः प्रेम कथानक चलचित्र हो भन्ने बताइएको छ । पारस रानाले छायांकन गरेका यस चलचित्रमा संगीत राजेशपायल रा लाईको रहेको छ भने, श्वर राजेशपायल रा लाई र प्रविशा अधिकारीको रहेको छ । चलचित्रमा छायांकन गरिने नृत्यहरुको निर्देशन सनम वैरागको छ । चलचित्रमा अन्य कलाकारहरुमा निता पुन र एल.बी. सुब्बा मुख्य छन् ।-नीर, मेस