“साहसी” चलचित्रमा ताइची गुरु-हमाल

“साहसी” चलचित्रमा ताइची गुरु-हमाल


लण्डन । नेपाली चलचित्रका महानायक राजेश हमाल बिल्कूलै नया“ भूमिकामा चलचित्र “साहसी” मार्फत देखिने भएका छन् । “साहसी” मा राजेशले ताइची गुरुको भूमिका निर्वाह गरेका छन् । चलचित्रका कलाकार ज्याक गुरु आफैं मार्शल आर्टको प्रशिक्षक भएकाले राजेशलाई उनले ताइची कला सिकाएका छन् र फिल्म स्टाइल दिएका छन् । अर्को पात्र नवनायक एवं प्रस्तुतकर्ता भोज बहादुर गुरुङ पनि मार्शल आर्टका खेलाडी भएकाले यो चलचित्रमा उनी आफैले स्टन्ट दिएका छन् । योगेन्द्र श्रेष्ठकौ द्वन्द्व निर्देशनमा यस चलचित्र द्वन्द्व-प्रधान बनेको छ, भने ४००० मीटरभन्दा माथिको हिमाली भेगको उचाइमा छाया“कन गरिएको हुनाले चलचित्र दृश्य-प्रधानसमेत बनेको छ ।
विन्धबासीनी चलचित्र मन्दिर र मुनाल फिल्म प्रा. लिको संयुक्त प्रस्तुतिमा “साहसी” अब छिट्टै प्रदर्शनको तयारीमा छ । चलचित्र “साहसी” को निर्माण झम बहादुर गुरुङ, कुबिना गुरुङ र धनमाया गुरुङले गरेका छन् । कार्यकारी निर्माता -मणिरत्न पौडेल, प्रस्तुतकर्ता -भोज बहादुर गुरुङ, कथा/निर्देशन -बासुदेव पोखरेल नृत्य -अजय विष्ट, द्वन्द्व -योगेन्द्र श्रेष्ठ, क्यामरा -सुमन तण्डुकार, सम्पादन -रोशन लामिछाने, गीत/संगीत -लोकनाथ सापकोटा, पटकथा/संवाद -पदम कृष्ण पौडेल रहेका छन् । चलचित्रमा कलाकारहरुमा राजेश हमाल, गणेश उप्रेती, स्नेहा शर्मा, भोज बहादुर गुरुङ, शर्मिला श्रेष्ठ, ज्याक गुरु लगायतको अभिनय रहेको छ ।
स्मरण रहोस्, “साहसी” चलचित्र हङकङ, अष्ट्र्रलिया र बेलायतमा प्रदर्शन भइसकेको छ । नेपालमा प्रदर्शनपश्चात् अमेरिका, इजरायल, यूरोपका विभिन्न शहरहरुमा प्रदर्शन हुने जानकारी अन्तर्राष्टिय बितरक बिजेन्द्र गुरुङ (अमेरिका) ले जानकारी दिएकाछन् । -भोज, नेपाल