‘हृयारी पोटर’-यूकेको पाँचौ युवा धनी कलाकार

‘हृयारी पोटर’-यूकेको पाँचौ युवा धनी कलाकार


लण्डन । सन्डे टाइम्सको रिच लिस्टमा भर्खरै तीस वर्षमुनिका कलाकारहरुका सम्पत्तीको आधारमा तिनलाई बर्गीकरण गरेर एक नयाँ तथ्यांकलाई सार्वजनिक गरेको छ । हृयारी पोटर शीर्षकको सिनेमामा शीर्षक भूमिका निभाउने २१ वषर्ीय कलाकार ड्यानियल रेडक्लिफले, सन् २००९-१० भित्रमा गरेको २८.५ मिलियन स्टर्लिङको आर्जनअनुसार उक्त लिस्टको टप फिप्टीमा पाँचौं स्थानमा रहेका छन् ।
ब्रोडवे म्युजिकलमा हालसाल काम गर्दै गरेका ड्यानियल मात्र त्यसरी टाइम्सको धनीहरुको सूचिमा परेका छैनन्, उनको साथमा हृयारी पोटर सिनेमामै, ड्यानियलकी प्रेमिका भएर देखापरेकी इम्मा वाट्सन, र साथी बनेका रुपर्ट ग्रीन पनि टप फिप्टीभित्र परेका छन् ।
सम्पूर्णतः काल्पनिक संसारमा आधारित कथा लेखेबापत यसकी रचयितामा यूकेकै धनीहरुको लाइनमा परेकिछिन् । यस बेलायती सिनेमामा देखाइएका पात्र तथा अधिकांश स्थलहरु कम्प्युटर जेनेरेटेड हुन् ।
टाइम्सको उक्त लिस्टमा प्रिन्स विलियम्स र हृयारी पनि रहेका छन्, जसको श्रोत भनेको स्वर्गीय आमा डायनाको सम्पत्तीको हिस्सा र अथाह जमीनहरु हुन् । गर्लस् अलाउडकी गायिका तथा ब्रिटेन भर्सन यक्स फ्याक्टर र भर्खरै अमेरिकी भर्सन यक्स फ्याक्टरको लागि एक निर्णायक चुनिएकी ब्रिटिश सुन्दरी सेरिल कोल पनि सोही लिस्टमा छिन् । रिच लिस्ट निम्न छन् –
१) थोमस पर्स्सन, फैशन, ७०० मिलियन पाउण्ड
२) रोबिन अरोरा, रिटैल, ३४३ मिलियन पाउण्ड
३) फाअन एण्ड एण्डिया रोज जेम्स, प्रोपर्टी, ३०२ मिलियन पाउण्ड
४) अर्थर लान्डन, हेरिटेज, २०० मिलियन पाउण्ड
५) ड्यानियल रेडक्लिफ, मुभिज, ४८ मिलियन पाउण्ड
६) लर्ड मोस्टिन एण्ड फ्यामिली, ल्याण्ड, ४४ मिलियन पाउण्ड
७) साम बार्नेट, इन्टनेट, ४० मिलियन पाउण्ड
८) सिन ओ कोन्नर, प्रोपर्टी, ३२ मिलियन पाउण्ड
९) रोबर्ट पाट्टिन्सन, मूभिज, ३० मिलियन पाउण्ड
-देब, मेस, श्रोत-ब्याङ मिडिया इन्टरनेशनल