हेल्प नेपालबाट २० लाखकाे सहयोग धुर्मुस सुन्तली फाउन्डेसनलाई

हेल्प नेपालबाट २० लाखकाे सहयोग धुर्मुस सुन्तली फाउन्डेसनलाई


photo-milanलन्डन । हिजाे अर्थात् १५ जुन, साँझ लन्डनस्थित ब्लु अर्किड रेस्टुरेन्टमा गरिएकाे एक पत्रकार सम्मेलनमा बेलायतस्थित हेल्प नेपाल फाउन्डेसनले धुर्मुस सुन्तली फाउण्डेसनलाई २० लाख रुपैयाँ सहयोग गरेकोछ । सिन्धुपाल्चोक जिल्लामा एकीकृत बस्ती निर्माण कार्यमा लागेका हाँस्य कलाकार धुर्मुस र सुन्तलीमार्फत् उक्त रकम भूकम्प पीडितलार्इ सहयाेग गर्न लागिएको हेल्प नेपाल फाउण्डेसनले जानकारी दिएकोछ ।
भूकम्प गएको वर्ष दिनपछि पनि राहत नपाएका अवस्थामा रहेका साे जिल्लाबासीहरूमाथि धुर्मुस सुन्तलीले उच्च प्राथमिकताका साथ राहतका विविध प्रयासहरूलाई नेपाललगायत विश्वका कुनाकाप्चामा बसाेबास गर्ने नेपालीहरूले निक्कै विशेष महत्वका साथ लिएको पाइन्छ । कराेडाैं रूपैंयाकाे लागत रहेको साे एकीकृत बस्ती निर्माण परियोजना सम्पन्न गर्न विभिन्न मुलुकमा बस्दै आएका नेपालीहरुले सहयोग दिँदै अाएकाेमा बेलायतस्थित हेल्प नेपाल फाउन्डेसनले पनि अाफ्नाेतर्फबाट साे कार्यमा इँट्टा थप्ने काम गरेकाे हाे ।
साल वैशाख १२ गतेको भूकम्पपछि स्थापना भएको धुर्मुस सुन्तली फाउण्डेसनलाई सिटी एक्सप्रेस मनी ट्रान्सफरले १५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ, अष्टिन टेक्सासमा बस्ने नेपालीको तर्फबाट १० लाख ८६ हजार रुपैयाँ, नेप्लिज इन ग्राज अस्ट्रियामार्फत १० लाख ९३ रुपैयाँ, जापानबाट ७ लाख ७१ हजार एनभन्दा बढी सहयोग संकलन भइसकेको बताइएकाेछ । धुर्मुस सुन्तली फाउण्डेसनमा हालसम्म डेढ करोडभन्दा संकलन भइसकेको साेही पत्रकार सम्मेलनमा जानकारी गराइएकाे छ ।
व्यक्तिगत तर्फबाट गरिएकाे यस धुर्मुस सुन्तली फाउण्डेसनकाे यस कार्य निक्कै नै अनुकरणीय मानिएकाे छ र यसरी यस फाउण्डेसनलार्इ सहयाेग गर्नेहरू संसारबाट अाउने क्रम जारी रहेकाे छ ।
तस्वीर: मिलन तमू