क्यान्सरका लागि दौडेकी महिलाको क्यान्सरबाट मृत्यु

क्यान्सरका लागि दौडेकी महिलाको क्यान्सरबाट मृत्यु


लण्डन । एउटी महिला क्यान्सर च्यारिटिका लागि हालै सम्पन्न भएको लण्डन म्याराथनमा भाग लिएकी थिईन्, तर, दौडमा भाग लिएको २ हप्तापछि क्यान्सर बिमारीबाट नै मृत्यु भएको समाचार प्रकाशमा आएको छ । एम्मा हर्टन नामकी उक्त महिलालाई आफू छालाको क्यान्सरको बीमारीबाट पीडित भएको कुरा पछिल्लो महिनासम्म थाहा लागेन । पहिले नै एकपटक बिमारी लागेको थियो, तर, उपचारपछि पूर्ण स्वास्थ्यलाभ गरिसकेकी थिईन् । ३५ वर्षीय एम्मालाई पछिल्लो केही हप्ताबाट फ्लू लागेको जस्तो लक्षण देख्न थालेको थियो र राति राम्रो नींद पर्ने गरेको थिएन । यसलाई तिनले म्याराथूनको लागि अभ्यास गरेकीले यस्तो भएको होला भनेर ठानेकी थिईन् । प्रसिद्ध लण्डन म्याराथूनको अन्तिम दौडमा आफ्नी दश वर्षीया छोरी र पतिसहित दौडेर दौड पूरा गरेकी थिईन् । डाक्टरहरुलाई छक्क पार्दै तिनले यस दौडलाई आठ घण्टाभन्दा कम्ती समयमा दौड पूरा गरेकी थिईन् । जतिबेला म्याराथूनको अन्तिम लाइन पार गरिन्, त्यतिबेला तिनी हिँड्न सक्ने अवस्थामा थिईनन् । तर, दौड पूरा गरेर तिन्ाले क्यान्सर रिसर्च सेन्टरका लागि मद्दत रकम ४५०० पाउण्ड उठाउन सफल भएकी थिईन् । त्यसपछि स्वास्थ्य बिग्रँदै डाक्टरलाई गएकोमा देखाएकी थिईन् । तब मात्र तिनलाई क्यान्सर रोग लागेको भनेर थाहा भएको थियो । तिनी २ दिनपछि, अर्थात् १ मेमा देहान्त भईन्, ठ्याक्कै म्याराथून भएको २ ह्प्ता पछि । आज तिनको अन्त्येष्टि गरिने कुरा समाचारमा प्रकाश भएको छ । श्रोत-मेट्रो, सुमल, मेस ।