चर्चा पनि के-केको अनि कस्तो-कस्तो !!

चर्चा पनि के-केको अनि कस्तो-कस्तो !!


केट र विल्सको शाही विवाह, जसलाई संसारभरमा दुर्इ बिलियन मानिसहरुले प्रत्यक्ष प्रशारणको माध्यमबाट हेरिरहेका थिए, जसको प्रत्यक्ष प्रशारण अति नै चुनिएका शाही क्यामेरा म्यानका विभिन्न एंगल र पोजमा राखिएका क्यामेराहरुबाट भइरहेको थियो । केटकी ‘मैड अफ अनर’ रहेकी पिप्पाले दिदीको लत्रिएको पहिरनलाई उठाउनका लागि निहुरेकी थिईन्, ठीक त्यही समय, उनको खासगरी पछाडि अर्थात् कम्मरमुनिको भाग, सम्पूर्ण रुपमा नितम्बसहित केही सेकेण्डको लागि देखाइएको थियो । यो ‘डेलिबेरेट’ थिएन, दुलहीको उक्त पोशाकको चर्चाले मिडिया तातिएको सन्दर्भमा सोही पोशाककै वरिपरि एउटा क्यामेरालाई तैनाथ गरिनु असान्दर्भिक थिएन, तर सो पोशाकसँगै त्यही पोशाकसहितकी दिदीको रेखदेख गर्न खटिएकी वहिनी पिप्पाको सुडौल नितम्ब अगाडि परेको थियो । मात्र केही सेकेण्डको त्यही दृश्यले गर्दा अहिले पिप्पा संसारभरमै चर्चामा आएकी छिन् ।

नितम्बलाई आधार बनाएर हलिवूडकी जेनिफर लोपेजलाई सुन्दरी भनिएको थियो भने यहाँ अर्थात् यूकेकी अर्की मोडेल किम कार्दाशियनलाई नितम्बकै आधारमा संसारकी सुन्दरी भनिएको थियो हालसालै तर, पिप्पाको केही सेकेण्डको लाइभ दृश्यपछि भने उक्त खिताब अहिले पिप्पालाई गएको मानिएको छ । पिप्पाको जन्म दिन अर्थात्, सेप्टेम्बर ०९ लाई पिप्पाको नितम्बको प्रशंसा गर्ने दिन (Pippa’s Ass Appreciation Day) को रुपमा मनाउने भनेर दुनियाँभरमा त्यसको लागि अभियान सञ्चालन गरिएको छ । सोही नितम्बकै लागि फेसबुक पेजमा एक समाजको निर्माण गरिएको छ, जसमा दशौं हजार मानिसहरु भेला भइसकेका छन्, ती सबैले सेप्टेम्बर ०९ तारिख शुक्रबार जब पिप्पा अठ्डाइसौं वर्षमा लाग्छिन्, पब तथा बारहरुमा भेला भएर उनको नितम्बको प्रशंसा गर्दै त्यही नितम्बलाई सम्झँदै वियर पिई नाचगान गर्ने भएका खबरहरु विश्वव्यापी भएको छ ।

‘भिभिड इन्टरटैनमेन्ट’, तथा ‘फिल्म प्रोडक्सन हाउस पोर्न’का फाउण्डर, निर्देशक स्टेभन हर्शले एक चिठी लेखी, पिप्पालाई आफ्नो अघिल्लो यौन सिनेमा खेल्नका लागि अफर गरेका छन् । पाँच बिलियन अमेरिकी डलरको मूल्य राखेर उनलाई आफ्नो नयाँ यौन सिनेमामा खेलाउनका लागि चिठी पठाउने स्टिभनले लेखेका छन्- ”जहाँसम्म मेरो हेराइको बुझाइ छ, तपाईँ शाही विवाहको मुख्य आकर्षण हुनुहुन्थ्यो । जब मैले त्यो प्रत्यक्ष प्रशारण हेरेँ, मैले सोँचे, तपाईँ आफ्नो सुन्दरता र हावभावले गर्दा एक अति सफल यौन अभिनेत्री बन्नसक्नुहुनेछ र भर्खरै जब तपाईँको बिकिनी लगाएको फन पार्टीको एक तस्वीर देखेँ, तब नै, तपाईँलाई आफ्नो यौन सिनैमामा तपाईँलाई यौन अभिनेत्रीको रोलमा खेलाउनका पाँच बिलियन यूएस डलरसहित अफर गर्ने निधो गरेँ । तपाईँ आफ्नो चाहानाअनुसारको पुरुष अभिनेता रोज्न सक्नुहुनेछ ।”

बताइएअनुसार, स्टिभनको सो अफरलाई मिडल्टन परिवारले वेवास्ता गरेका छन् र सोही सूत्रकाट जानकारी लागेअनुसार, केही महिनाअगाडि साथीहरुका साथ अनि परिवारसहित गएकी पिप्पाको त्यो ‘बिकिनी फन पार्टी’, जसको तस्वीर त्यही समूहका एक मित्रले खिचेका थिए, लाई लाखौंमा बेचिदिएको थाहा लागेको छ । पिप्पाको त्यही सेकेण्डहरु भित्रको त्यही नितम्बको दृश्यपछि त्यसरी उनीसँग सम्वन्धित तस्वीरहरुको पनि मूल्य बढेको हो ।

अस्ति पत्रिकाहरुमा एक अर्को समाचार तस्वीरसहित छापिएको थियो । एउटा नीलो रङको कारमा सेतो इनामेलले लेखिएको थियो – ‘के अझै पिप्पाको नितम्ब मेरोभन्दा राम्रो छ ?’ त्यसपछि सोहीसम्वन्धी चर्चा चल्न थालेका छन् । साधारणतया आम पुरुषहरुमा साधारण गफहरुमा पनि पिप्पाको नितम्ब आउने गरेको यस तस्वीरले सुझ्याउँछ । पक्कै पनि एक श्रीमान वा प्रेमीले आफ्नी श्रीमती वा प्रेमिकाको सम्मुख पिप्पाको नितम्बको प्रशंसा गरेको हुनु पर्ने अडकल सर्वत्र राखिएको छ । त्यसरी श्रीमती वा प्रेमिका उक्त श्रीमान वा प्रेमीसँग रिसाएर त्यसको बदला उनको कारमा उतारेको हुनसक्दछ ।

‘इन्टरनेट’ले गर्दा अहिले संसार निक्कै नै साँघुरिएको छ । संसारका कुनै कुनामा घटिरहेका घटनाहरुबाट अर्को कुनामा बस्ने मानिसहरु अज्ञान हुँदैनन् । र यही सन्दर्भमा संसारभरमा यस्ता ससाना कुराहरुले पनि विश्वव्यापी रुपले चर्चा लिँदै जान्छ । र त्यसरी पाउँदै गएको चर्चालाई मिडियाहरुमा झन् तदारुकताका साथ फुकिन्छ र अन्त्यतः त्यो विश्वप्रसिद्ध हुन्छ । साधारणतया योगा गर्ने पिप्पाको शरीर वास्तवमा विशेष नभइकनै अब उनी त्यही मिडियाकै प्रचारप्रसारले गर्दा सुडौल नितम्ब भएकी सुन्दरी भनेर चिनिनेछिन् र त्यही नितम्बलाई आधार बनाएर अबका दिनहरुमा नितम्बहरूको सुन्दरताको बखान गरिने पक्का छ । प्रश्न उठ्छ, वास्तवमा, ‘सुन्दरताको कसि के हो त’ ?

-नीर, मेस, लण्डन