गर्भको शिशुले भकुण्डो खेल्दा…

गर्भको शिशुले भकुण्डो खेल्दा…


विचित्रको संसारमा विचित्रका घटना घट्नु स्वाभाविकै हो । हालै यस्तै विचित्रको घटना बेलायतमा घटेको छ । गर्भमा रहेको शिशुले आमाको गर्भाशयमा भकुण्डो खेल्दा अर्थात् लात्तले हिर्काउँदा आमाको ज्यान बचेको छ । ‘न्युज अफ दि वर्ल्ड’का अनुसार उक्त गर्भमा रहेको शिशुले पटकपटक गर्भाशयमा लात्तले हिर्काउँदा आमाको पेटमा बढ्दै गएको ट्युमरलाई शरीरबाट छुट्याउन सफल भएका थिए । यो घटनापछि आमा क्लेयरले आफ्नो गर्भपतन भइरहेको महसुस गरी डाक्टरलाई जाँच गराएकी थिइन् । उपचारपछि डाक्टरहरूले त्यो गर्भपतन नभई ‘ट्युमर’ भएको खुलासा गरेका थिए । डाक्टरहरूले यो चमत्कार गर्भमा हर्ुर्किंदै गएको शिशुले गरेको बताएका थिए । गर्भमा रहेको शिशुले खुट्टा चलाउँदा ‘ट्युमर’मा लागेको र आमाको शरीरबाट छुट्टएिको यथार्थ आमाको सामु राखेका थिए । आमा क्लेयरको पेटमा बढ्दै गएको ‘ट्युमर’ र ‘शिशु’का कारणले उनको जीवन सङ्कटमा परेको थियो । डाक्टरहरूले ‘शिशु’को कारणले ज्यान खतरामा परेको भन्दै क्लेयरलाई गर्भपतन गर्ने सल्लाह दिएका थिए । क्लेयरले यो कुरालाई ठाडै अस्वीकार गर्दै गर्भपतन नगर्ने निर्णय गरेकी थिइन् । जुन शिशुको कारणले गर्दा उनको जीवन जोखिममा परेको थियो, अहिले उसैले आमालाई मृत्युको मुखबाट बचाउन सफल भएको छ । आमाको गर्भाशयमा बढ्दै गएको ‘ट्युमर’लाई फुटबल खेलेर छुट्याउन सफल भएको छ ।

प्रेमिकालाई आफ्नै हड्डीको औंठी
प्रेम र युद्धमा सबैथोक जायज हुन्छ भन्ने कुरालाई केही समय पहिले बेलायतका एक युवाले प्रमाणित गरेर देखाइदिएका छन् । अनौठो हरकत गरेर चर्चामा आएका ती युवाले स्वयम्बरमा आफ्नी प्रेमिकालाई आफ्नो हड्डीले बनेको औंठी लगाइदिएका थिए । आफ्नो प्रेमलाई अझ रोचक बनाउन उनले यस्तो उपाय अवलम्बन गरेका थिए । जुन अहिले विश्वव्यापी रूपमा चर्चामा पुगेको छ ।
प्रेमी अर्थात् माइक पेरेत भारत भ्रमणका क्रममा दुर्घटनामा परेका थिए । पेरेतले उक्त दुर्घटनामा एउटा खुट्टा गुमाउन पुगेका थिए । शरीरबाट अलग्गिएको आफ्नो प्रिय खुट्टाको उपयोग गर्ने क्रममा उनले आफ्नो हड्डीबाट प्रेमिका मेटिलालाई औंठी बनाउने निर्णय गरेका थिए । आफ्नो योजनालाई र्सार्थक रूप दिएपछि हालै पेरेतले प्रेमीका मेलिटासमक्ष विवाहको प्रस्ताव राखेका थिए । मेटिलाले प्रस्ताव स्वीकारेपछि पेरेतले आफ्नो हड्डीको औंठी प्रेमिकाको औंलामा लगाइदिएका थिए । उक्त अनौठो र आकर्षक औंठी देखेपछि छक्क परेका परिवारजन र प्रेमिकाले औंठीको बारेमा चासो राखेपछि पेरेतले वास्तविकता खोलेका थिए । मेलिटाले आफूले अहिलेसम्म यस्तो सुन्दर औंठी नदेखेको बयान गर्दै प्रेमी पेरेतप्रति नतमस्तक हुँदै आफ्नो जीवन उनलाई सुम्पिएकी थिइन् । मेटिलाले पेरेलको प्रस्ताव निकै रोमान्टिक भएको सुनाउँदै उनी आफ्नो जीवनसाथी बन्न लायक भएको उक्त अवसरमा बताएकी थिइन् ।

कुर्सी पनि काल बन्न सक्छ
यदि तपाईं लामो समयसम्म कुर्सीमा बसेर काम गर्नुहुन्छ भने होस गर्नुहोस्, ‘कुर्सी पनि काल बन्न सक्छ’ एक अध्ययनले लामो समयसम्म कुर्सीमा बसेर काम गर्दा स्वास्थ्यमा गम्भीर असर पर्ने बताएको छ । लामो समयसम्म एउटा कुर्सीमा बसेर काम गर्ने महिलाको तथा पुरुषको आयु कम हुने र छिट्टै मर्ने दाबी गरेको छ । जति व्यायाम गरे पनि त्यसको प्रभाव नगर्ने बताएको छ । जो महिला दिनमा ६ घन्टाभन्दा बढी कुर्सीमा बसेर बिताउँछन् उनीहरूको आयु अन्य महिलाको भन्दा निकै कम हुने अनुसन्धानले बताएको छ । थुपै्र महिला र पुरुषमा गरिएको अनुसन्धानमा कुर्सी रोगबाट ३६ प्रतिशत महिला र १८ प्रतिशत पुरुष गम्भीर बिरामीको सिकार हुँदै आएको र अकालमै जीवन गुमाउँदै आएको रहस्य सार्वजनिक गरेको छ ।

रोमान्स जीवित राख्न परामर्श थेरापी
विश्वचर्चित अभिनेत्री कर्टनी कक्स र उनका पति अभिनेता डेबिट आरक्विट आफ्नो विवाहको रोमान्सलाई जीवित राख्न परामर्श थेपारी गर्न थालेका छन् । ११ वर्षअघि यी दुवै विवाहबन्धनमा बाँधिए पनि कार्य व्यस्तताले गर्दा आफ्नो जिम्मेवारी बिर्सन पुगेका थिए । ४६ वर्षीय कर्टनीले आफ्नो सम्बन्धको चिसोपनको बारेमा थाहा पाउन दुवैले परामर्श थेरापी गर्न लागेको खुलासा गरेकी छिन् । यो जोडीले वैवाहिक जीवनलाई सुखमय बनाउन आफूहरूले यस्तो किसिमको थेरापीको प्रयोग गरेको बताएको छ । कर्टनीले पति डेविटलाई आरोप थुपार्दै उनी विवाहप्रति उदासीन भएकोले रोमान्सलाई जीवित राख्न थेरापी गर्न लागेको बताएकी छिन् । उनीहरूको अपनाएको परामर्श थेरापीले कर्टनी र डेविटको जीवनमा कति खुसियाली ल्याउँछ त्यो आफ्नो ठाउँमा भए पनि रोमान्सलाई जीवित राख्ने सवालमा अन्यले पनि यो विधि अपनाउनु उपयोगी हुने ठानिएको छ । -नवीन उप्रेती