लुम्लेलाई मनपर्ने रेस्टुरेन्टद्वारा बुद्धको अपमान

लुम्लेलाई मनपर्ने रेस्टुरेन्टद्वारा बुद्धको अपमान


लण्डन / लण्डनस्थित जोएना लुम्लेलाई अति नै मनपर्ने एउटा नेपालीले सञ्चालन गरेका रेस्टुरेन्ट अहिले रेस्टुरेन्टको नाम बुद्ध भगवानको पुण्य नामलाई दुरुपयोग गरि आर्थिक लाभ लिैदै गरेको विषयलाई लिएर विवादित बन्न पुगेको छ र रेस्टुरेन्टको नामको विरोधमा प्रतिक्रियाहरुका ओइरोको केन्द्र भएको समाचार प्रकाशमा आएको छ । फुलहामस्थित “लालची बुद्ध” नाम गरेको रेस्टुरेन्टका मालिक राम थापाले आफूलाई विश्वभरिका बौद्धमार्गीहरुले नानाथरिका अबजस लगाउँदै आक्रोशित भएर इमेलमार्फत प्रतिक्रियाहरु पठाएका कुरा जनाएका छन् । लण्डनस्थित श्री लंकाली हाइकमिशनरले धार्मिक तथा सांस्कृतिक संस्थानहरुलाई यस विषयमा सरोकार राखेर विरोध गर्ने अभियान थालेको थियो । नेपाली रेस्टुरेन्ट सञ्चालक, ३५ वर्षीय थापाले … यदि यस कुराले खतरनाक मोड लिन्छ भने यो महँगो रेस्टुरेन्ट नै बन्द गर्नुपर्ला … भनेका छन् । पण्डुला रनतुंगाले हस्ताक्षर गरेको एउटा पत्रमा … यो एकदमै हृदय विदारक साथै वाकवाक्ती आउने खालको कार्य भएको छ …यो बुद्धि नभएको मुर्ख मान्छेको सोचको उपज हो .. भगवान बुद्धको छविको प्रयोगलाई उल्टो अथ्र्याउँदै विचारै नपुर्याइ आफनो स्वार्थ सिद्धिका लागि दुरुपयोग गरिएको छ … भनेर लेखेका छन् । थापाका अनुसार उनले अहिले इमेल पढ्न छाडीसकेका छन् । उनका अनुसार …मलाई घृणा गरेर आक्रोशमा धेरैले धेरै कुराहरु लेखेका छन् र शारीरिक क्षति गर्नेसम्म धम्कीसमेत दिएका छन् …यो रेष्टुरेण्टको नाम उनीहरुलाई मनपरेको छैन, तर, मैले यो नाम मनपराएर राखेको हुँ ..मेरो पत्नी पनि बुद्धिष्ट नै हुन् ..हामीले रेष्टुरेण्टको नामको बारेमा सोच्दा अलि नकारात्मक अथ्र्याउने २ वटा नाम सोचेका थियौ जस्तै “लालची याक” र “लालची यती” तर, यो नाम राख्नाले मानिसहरुले यसरि सोच्लान भनेर कहिल्यै चिताएका थिएनौ … भनेर प्रकाश पारेका छन् । वाण्डस्वर्थ ब्रिजरोडस्थित यो रेस्टुरेन्ट सेलेब्रेटीहरुमा निकै लोकप्रिय छ । टीभी प्रस्तुतकर्ता बेन शेफर्ड र जोएना लुम्लेजस्ता हस्तीहरु त्यहाँ आउने गर्छन् । एउटा ईएस मेगजिन (पत्रिका) मा जोएना लुम्ले (गुर्खाको हक अधिकारका लागि अवाज उठाएकी प्रसिद्ध अभिनेत्री) ले त्यस रेस्टुरेन्टमा एकपल्ट खाएकी शाकाहारी भोजनको खुबै प्रशंसा गरेकी थिईन । रेस्टुरेन्टको नामबारे आपत्ति जनाउँदै फरवरी २०११मा श्रीलंकाली हाइ कमिशनरले बुद्ध भगवानको छविलाई दुरुपयोग गरी बेलायतमा व्यापारीकरण गर्नबाट रोक लगाउनका लागि थाई, म्यानामार र नेपाली दूतावासका कर्मचारीहरुलाई शिखरवार्ताका लागि अव्हान गरेको थियो । शिखरवार्ता पश्चात कमिशनरले एउटा प्रेस विज्ञप्ति सम्प्रेषण गरेको थियो । भेलामा आएका सबै सम्बन्धित दूतावासका कर्मचारीहरु आ–आफ्नो देशका धार्मिक तथा सांस्कृतिक संस्थानहरुले सो विषयमा विरोध गरेर रेस्टूरेन्टका मालिकलाई पत्र लेख्ने कुरामा सहमति भएको कुरा सम्प्रेषण गरेको छ । श्रीलंकाली कमिशनरका शिक्षा तथा सांस्कृतिक विभागका मन्त्रि, समान एकानायकेले यस विषयलाई उद्धृत गर्दै …कसैले यिशु र अल्लाहलाई अपमान गरेजस्तै बुद्धको अपमानले हामीलाई नराम्रो लागेको छ … यदि उनले “लालची अल्लाह” भनेर नाम राखेका भए उनको के हालत हुनेथियो होला तपाई आफै कल्पना गर्नुहोस्… भनेका छन् । बेलायतमा रहेका बुद्धिष्टहरुले यही आउँदो २९ मईका दिन ह्यामरस्मीथमा भव्यताका साथ बुद्ध जयन्ती मनाउने समाचार प्राप्त भएको छ । श्रोत – ईभिनिङ स्टाण्डर्ड, सुमल, मेस ।