लण्डन । युनिभर्सल वब्स अफिस ब्लकबस्टर सिनेमा टाइटानिक, तेस्रो आयामिक प्रविधिद्वारा अर्को वर्ष संसारभरमा रिलिज हुँदैछ । ११वटा एकाडेमिक पुरस्कारहरु जितेको यस चलचित्रले प्रदर्शनको १५ वर्ष पूरा गरिसकेको छ । आफ्नो उक्त अवधिभरमा यसले धेरै नै स्थापित भइसकेका रेकर्डहरु तोडिसकेको छ ।
डाइरेक्टर जेम्स ब्यामरुन विश्वासपूर्वक भन्दछन् -वास्तवमा, अहिलेको सम्पूर्ण पुस्ताले ठूलो पर्दामा जसरी र जुन मज्जाले टाइटानिक हेर्नुपथ्र्यो, त्यसरी हेर्न पाएका छैनन् । अब तिनलाई सन्तुष्टी थ्रीडी टेक्निकले दिनेछ ।….उनको पछिल्लो चलिचित्र यही थ्रीडी टेक्निकबाट निर्माण गरिएको थियो र बताइएअनुसार यसले टाइटानिकले कमाएको रेकर्ड पनि तोडेको छ । तर त्यही चलचित्रको विश्वव्यापी सफलताले गर्दा क्यामरुन केही ज्यादै हौसिएको लाग्ने सम्वद्ध समालोचकहरु बताउँदछन्, किनकि, थ्रीडी टेक्निकबाट देखाउन सकिने दृश्यहरु आवतारको तुलनामा टाइटानिकमा हुने छैन, तर त्यसैको अनुपलब्धतामा क्यामरुन योपटक चुक्नसक्ने ती समालोचकहरुका अनुमान छ ।
सन् २०१२को अप्रिल ०६मा प्रदर्शन गरिन लागिएको उक्त टाइटानिक चलचित्र यो अर्थमा पनि उक्त समय महत्वपूर्ण मानिएको छ कि, टाइटानिक जहाज दश अप्रिलमा १०० वर्षअगाडि समुन्द्रमा डुबेकोथियो ।
-देब, मेस
प्रतिक्रिया