लण्डन । पुलिस अधिकारीहरु, सेतो बाघको एक सजीव आकारको खेलौनाको मालिकको खोजीमा लाग्दैछन्, जसले हिजो र आज दिनभरि एक मेजर प्रवृतिको पुलिस अपरेशन निम्त्याएको छ । पुलिसका हेलिकप्टरहरुको प्रशस्तै प्रयोग गरिएको उक्त अपरेशनमा नजिकैको गोल्फ कोर्सलाई बन्द पनि गरिएको थियो ।
नजिकैका छिमेकीहरुले शनिबार दिउँसो हृयाम्पसायरको साउथाम्प्टनस्थित एक जग्गामा एक सेतो बाघ देखेको जानकारी पुलिसमा दिएपछि एक पूर्ण दस्ताको हतियारधारी पुलिसको दस्तालाई सञ्चालन गरिएको थियो । नजिकैको मार्वेल जूबाट विशेषज्ञहरु पनि बोलाइएको उक्त अपरेशनको थालनीमा मोटर-वे एम २७ सम्म मानिसहरु तथा आवतजावतहरुलाई रोक्ने योजना बनाइएको थियो तर जब पुलिसहरु अत्यधिक सावधानीपूर्वक उक्त जंगली जनावरको नजिक पुगे, तब तिनले वास्तविकता थाहा पाए कि, सो जनावर निश्चल थियो र त्यही नै बेला, हेलिकप्टरबाट ‘थर्मल इमेजिङ इक्विप्मेन्ट’को प्रयोगले तल जमीनमा देखिएको बाघबाट ‘हिट सिग्नेचर’ नआएको पत्ता लगाएका थिए । पुलिसहरुका दक्ष समूहहरु नजिकै पुग्दा, हावाको चापले गर्दा उक्त बाघ गुल्टिएपछि भने, तिनले उक्त एक सजीव आकारको बाघको पुतला अर्थात् खेलौना भएको थाहा पाएका थिए, जो खासगरी विभिन्न मेलामा पुरस्कारको रुपमा राखिने गरिन्छ ।
सीसीटीभी फुटेज र छिमेकीलगायत हेलिकप्टरबाट उतारिएको तस्वीरको आधारमा उक्त बाघ, खेलौना बाघ हो भनेर ठोकुवा कुनै पनि हालातमा गर्न नसकिने पुलिस प्रवक्ताले खुलासा गरेका छन्, सो खेलौनालाई लस्ट प्रोपर्टीअन्तर्गत राखिने बताइएको छ र त्यसमा कुनै प्रकारको कूमनासय कसैको पनि नहुनेमा पुलिस विश्वस्त भएको पाइएको छ ।-देब, मेस, श्रोत नेट
प्रतिक्रिया