फाइनल गेमको टिकट ८ हजार पाउण्ड

फाइनल गेमको टिकट ८ हजार पाउण्ड


लण्डन । भोलि शनिबारको चैम्पियनस् लीगको फाइनल खेलका लागि टिकटको कालो बजारी गर्नेहरुले एउटा टिकटको मूल्य आठ हजार पाउण्डसम्ममा बिक्रि गरिरहेका छन् । म्याचका टिकटहरु अफिसियल हिसाबमा सबै बिक्रि भइसकेको छ । अवैध एजेन्सीहरुले लगातार वेम्ब्लीका ८६ हजार सिट भएको स्टेडियममा फुटबल हेर्नका लागि ललायित भएर टिकटका लागि संघर्ष गरिरहेका फुटबल प्रेमीहरुलाई लक्षित गरिरहेका छन् । प्रहरीले एकजना नर्वेका नागरिकलाई हिथ्रो विमानस्थलमा ओर्लनेबित्तिकै बढी मूल्यमा अवैध तरिकाले टिकट बेच्ने योजना बनाएर ल्याएका ६० वटा टिकटको बण्डलसहित गिरफ्तार गरेर एकहजार पाउण्ड जरिमाना गरेको छ । यस कारबाहीले अनलाइनबाट ६ हजार पाउण्ड प्रति टिकटको दरमाथि १८ सय पाउण्डको बुकिङ चार्ज थपेर बेच्दै गरेकाहरुमाथि भने केही फरक परेको छैन । टीभी प्रस्तोता टिम लभज्वाएलाई हिजो मात्र ८ जना बस्न मिल्ने कर्पोरेट बक्सका लागि ४५ हजार पाउण्डको दर तोकिएको कुरा थाहा लागेको थियो ।
युरोपेली फुटबलसंघले मान्चेस्टर युनाइटेड र बार्सिलोनाको फाइनल खेलको भीडन्त हुनुअघि टिकट कालो बजारी गर्नेहरुलाई निरुत्साहित गर्न धरपकड गर्ने कुराको वाचा गरेता पनि धन्दाचाँहि चालु नै रहेको जानकारी प्राप्त भएको छ । युरोपेली फुटबल संघका व्यवस्थापन समितिले राखेको अति महँगो टिकट दरप्रति पहिले नै लाञ्छना लागिसकेको छ । उत्तरी लण्डनको स्टेडियममा खेलिने खेलका लागि सस्तो सिटहरुका मूल्यप्रति टिकट ८० पाउण्डदेखि १५०, २२५ अनि ३०० पाउण्डसम्म बढाएको थियो र त्यस दरमाथि अनिवार्य प्रशासनिक शुल्क २६ पाउण्ड जोडिएको थियो । युरोपेली फुटबल संघका पूर्व अध्यक्ष र फुटबल खिलाडी मिचेल प्लाटिनीले अहिलेको तोकिएको टिकट दरमा गल्ती भएको छ भनेर उद्धृत गरेका छन् । त्यस्तै युनाइटेडका माइकल ओएनले तोकिएको टिकट दरले जोक गरेजस्तै लागेको कुरा व्यक्त गरेका छन् । यस खेलको टिकट वितरण फाइनलमा भीडन्त हुने प्रत्येक टिमलाई जनही २५ हजार टिकट र त्यति नै संख्यामा फुटबल संघका अधिकारीहरुलाई, युरोपेली फुटबल संघ परिवारमा वितरण भएको थियो । त्यसबाट बचेका ११ हजार टिकटहरु २ लाख आवेदकहरुमाझ चिट्ठाको आधारमा छानेर टिकट वितरण गरिएको थियो । बढी मूल्यमा बिक्रि भइरहेका अहिलेको कालोबजारीका टिकटहरु यिनै ११ हजार मध्येका टिकटहरु हुनसक्ने भनेर अड्कल गरेकाछन् । इङ्गल्याण्डमा टिकटको सही मूल्यभन्दा बढी मूल्यमा टिकट बिक्रि गरे टिकट टुटिङ अर्डर अफ २००७ का कानूनअनुसार यसलाई अपराध मानिन्छ । श्रोत – मेट्रो, सुमल, मेस ।