लण्डन । सन् २०१२ सालको ओलम्पिक खेल हेर्नका लागि खेलप्रेमीहरुले आफ्नो एकाउन्टबाट पैसा तिरेर खरिद गर्ने अन्तिम म्याद आज खतम हुँदैछ, तर, हजारौ खेलप्रेमीहरुले टिकट नपाउने अड्कल गरेका छन् । आधाभन्दा बढी ६५० सेशन मध्येको खेलप्रेमीहरुको निवेदन बढी हुन आएकाले जतिबेला उनीहरुलाई अब केही नपाउने कुरा थाहा लाग्यो, उनीहरु आक्रोशित भएका हुन् । निवेदन सफल भएकामध्ये जसलाई केही हात लाग्दैन, उनीहरुका लागि बाँकी रहेका टिकटहरुमा प्राथमिकता दिएर केही हप्ताभित्र अवगत गराउने कुरा व्यवस्थापन समितिले जनाएको छ । अब तेश्रो पल्टको बिक्री वितरणमा जुन छिट्टो आउँछ, उनैलाई पहिलो टिकट दिने आधारमा रहेका टिकटहर बेच्ने कुरा जनाएको छ । यस अवधिभित्र हालसम्म टिकटका लागि सफल भएका निवेदकहरुका भीसा कार्डबाट कारणवश उनीहरुका टिकट रकम ओलम्पिक व्यवस्थापन समितिको एकाउन्टमा रकम जम्मा हुन सकेको छैनभने सफल भएका निवेदकलाई पछि सम्पर्क गर्ने कुरा जनाएको छ । टिकट खरिदका लागि १० जुनभित्र सबै कागजी कारबाही भइसक्नु पर्ने तथा जुन महिनाको २४ तारिखभित्र समितिले सम्पर्क गर्नेछ । खेलकुद जोर्नालिष्ट जेम्स टोनीले तीनहजार पाउण्ड रकम बढीभन्दा बढी टिकट प्राप्त गर्ने विचारले जम्मा गरेका थिए, तर, उनको केवल २०६ पाउण्ड रकम काटेर उनलाई ४ वटामात्र सिट उपलब्ध गराएको कुरा प्रकाशमा आएको छ । उनले …. पैसा तिरेर टिकट प्राप्त गर्न सक्ने जुनकुरा यिनीहरु गर्छन् त्यो एकदमै गलत् छ केवल प्रभावशालीहरुलाई मात्र हेर्छन्… भन्दै आक्रोश पोखेका छन् । उनले अघि थप्दै …यिनीहरुले केवल धेरै ठूला दाव खेल्नेहरु जसले प्राय लोकप्रिय टिकटहरु लिन्छन् तिनीहरुलाई मात्र हेर्छन्… भनेर आफ्नो आक्रोश पोखेका छन् । श्रोत – मेट्रो, सुमल ।
प्रतिक्रिया