प्रमाणस्वरुप काटिएको लिङ्ग प्रहरीलाई

प्रमाणस्वरुप काटिएको लिङ्ग प्रहरीलाई


लण्डन । एकजना बंगलादेशी महिलाले प्रहरीमा आफूलाई बलात्कार गरेको जाहेरी दिन प्रहरी चौकीमा आफूले काटेर प्लास्टिकको ब्यागमा राखेर ल्याएकी लिङ्ग प्रमाणका लागि बुझाएकी छिन् । तीन सन्तानकी आमा मोन्जु बेगमले आफूलाई बलात्कार गर्न खोजेका जाहेरी दिँदा मिरजापुर गाउँको झालाकाटी चौकीमा ड्युटी बसेका प्रहरी अधिकारीहरु लिङ्गलाई देखेर आश्चर्य मान्दै डराएका थिए ।
४० वर्षीया बेगमका अनुसार तिनको छिमेकी, पाँचजनाको बुवा, मोजम्मेल हक माजीले एक्कासी घरभित्र पसेर तिनलाई जबरजस्ती करणी गर्न खोजेका थिए । तर, आफू प्रतिकारमा उत्रेर माजीसित लडेकी थिईन् र उनलाई सबक सिकाउनका लागि उनको लिङ्ग काटिदिएकी बयान प्रहरीलाई दिएकी छिन् । तिनले प्रमाणस्वरुप प्रहरीसमक्ष आफूले काटेर पोलिथिनको ब्याग भित्र लगेकी लिङ्ग अपराध प्रमाणित गर्नका लागि लगेकी कुरा भनेकी छिन् । विगत ६ महिनादेखि माजीले तिनलाई अनेक प्रकारले प्रताडित तथा सताउँदै आएको कुरा यो घट्नाबाट समाप्त भएको कुरा बताएकी छिन् । त्यस घटनाबाट घाइते भएका माजीको उपचार अस्पतालमा भइरहेको छ । माजीले आफूलाई लगाएको आरोप अस्वीकार गरेका छन् । माजीका अनुसार बेगमले इर्ष्या र आवेशमा आएर आफूलाई आक्रमण गरेकी हुन् भनेका छन् । उनले बीबीसीलाई …हाम्रो बीचमा सम्बन्ध थियो, भर्खरै बेगमले दुबैजना ढाकामा गएर बसौं भनेर प्रस्ताव राखेकी थिईन् तर मैले आफ्नो बच्चाहरु र पत्नीलाई त्याग्न नसक्ने कुरा भनेको थिएँ, यसैमा तिनले आवेशमा आएर मलाई बदला लिएकी हुन्… भनेका थिए । प्रहरीका प्रवक्ता अबुल खएरका अनुसार बलात्कारको मुद्धा दायर भइसकेको छ अब माजी अस्पतालबाट मुक्त भएपछि उनलाई पक्राउ गर्ने कुरा बताएका छन् । बेगमले बलात्कार गर्न खोजेको भनी मुद्धा हालेकी छिन् । माजीलाई उपचार गरिरहेका डाक्टरहरुले लिङ्ग प्रत्यारोपण अनेक कोशिस गरे, तर, अब उनको लिङ्ग जोड्न नसक्ने कुरा प्रकाश पारेका छन् । श्रोत – मेट्रो, सुमल, मेस ।