लण्डन । एकजना गोर्खा सैनिक जसले एक्लैले ३० जना तालेबानी लडाकुहरुलाई मारेर परास्त गरेका थिए, उनलाई बेलायतकी महारानीको बाहुलीबाट कन्स्पिक्युअस ग्यालान्ट्री क्रस प्रदान गरिएको छ । हिजो बकिङहाम प्यालेसमा एउटा भव्य समारोहबीच कारपोरल दीप प्रसाद पुनलाई बेलायतको सर्वोच्च पदक भिक्टोरिया क्रसभन्दा एकतह तलको पदक प्रदान गरेको छ । पदकबाट विभूषित भएपछि ३१ वर्षीय पुनले … यो भविष्यको लागि ठूलो सम्झना रहनेछ …. भनेका थिए ।
गत सालको सेप्टेम्बर महिनामा दक्षिणी अफ्गनिस्तानको हेलमाण्ड प्रान्तमा रहेको बाबाजी नामको चौकीलाई तालेबानी लडाकुहरुले आक्रमण गर्दा उनी त्यहाँ डयुटीमा थिए । उनले आक्रमण गर्न आउने तालेबानहरुमाथि चारसय राउण्ड गोली फायर गर्दै १७ वटा हातेबम र एउटा माइन दुश्मनलाई सखाप पार्न पड्काएका थिए । यसै अवसरकमा उनको मेशिनगनको गोली सिद्धिएपछि एकजना तालीबान पर्खाल चढेर माथि आउन लागेको बेलामा उनले भारी ट्राइपोड उठाएर तालेबानमाथि प्रहार गरेर ढालेका थिए । उनी ‘फस्ट बटालियन द रोयल गुर्खा राइफल्स’मा करपोरल पदमा कार्यरत् छन् ।
उनले निकै दशकपछि फेरि बीर गोर्खालीको बीरताको अस्तित्व कायम राखेका छन् । उनले जुन बीरताको प्रदर्शनी गरे यसबाट सबै गोर्खाली गौरवान्दित भएका छन् । सञ्चारकर्मीहरुसँग बोल्ने क्रममा उनले … मलाई यस्तो लागिरहेको थियो मलाई अवश्य मारिनेछ तसर्थ मर्नुभन्दा अघि मैले सकुन्जेल धेरैलाई म मार्छु भन्ने सोच लिएको थिएँ … भनेर भनेका थिए ।
हिजो नै एकजना अर्को मार्सियन रेजिमेन्टका २७ वर्षीय कारपोरल मार्क वार्डलाई पनि युद्धभूमिमा प्रेरणादायी नेतृत्वको प्रदर्शन गरेबापत मिलिटेरी क्रस प्रदान गरेर सम्मानित गरिएको थियो । गत सालमा तीन पटक अफ्गनिस्तानमा तालीबानहरुसंग मुठभेट हुँदा सेक्शन कमाण्डरको हैसियतले कुशल नेतृत्व गरेका थिए । गत महिना पनि उनको यो उदाहरणीय कार्यका लागि सम्मान दिन वेम्बली स्टेडियममा भएको एफए कपको फाइनलखेल विजेता मान्चेस्टर सिटीलाई ट्राफी प्रदान गर्न लगाएका थिए । अर्को एकजना पिउट डेनियल हेल्लिङस, १९ वर्षीय किशोरवयका सेना (अहिले २० वर्ष) लाई पनि सोही अवसरमा आफ्नो घायल साथीहरुलाई बचाउनको लागि चारवटा माइन हातैले टिपेर पन्छाएका कारण क्वीन्स ग्यालान्ट्री मेडलबाट सम्मानित गरेको थियो । श्रोत – मेट्रो, सुमल, मेस ।
प्रतिक्रिया