जाबो कागजको सानो टुक्रा क्याश्, तिम्रो कत्रो पावर !
जतातते तिम्रै चर्चा छ।
बालकदेखि वृद्दसम्म, भिकारीदेखि धनाड्यसम्म ।
….केवल तिम्रै गुण गाउँछ।
संसारमा यसले जन्म लिएपछि जताततै तहल्कै तहल्का मच्चायो
दुनियालाई यसले हल्लाउनुसम्म हल्लायो
सबै बर्गलाई यसले थर्काउनुसम्म थर्कायो ।
जाबो कागजको सानो टुक्रा क्याश, तिम्रो कत्रो पावर !
यसले गरीव अनि असहायलाई,
गाँस बास र कपासको अभाव बनेर रुवायो ।
धनी र हुनेखानेहरुलाई ।
आर्थिक मन्दीको रुपमा सतायो ।
यसले देउतालाई नाना रुपमा जन्म गरायो ।
पुजारीहरुलाई भेटीको रुप लिएर फसायो ।
जाबो कागजको सानो टुक्रा क्याश्, तिम्रो कत्रो पावर !
यसको दर्शनले,
नौकर मालिक बने ।
यसको दर्शनले ।
नौकर मालिक बने ।
तूच्छ महान बने ।
भिलेन नायक बने ।
मुर्ख विद्वान बने ।
दोषी निर्दोष ठहरिए ।
झुठ् सत्य ठहरिए ।
जाबो कागजको सानो टुक्रा क्याश्, तिम्रो कत्रो पावर !
यसले श्रीमान-श्रीमतीबीच डिभोर्स गरायो ।
दाजुभाइबीच फुट् ल्यायो ।
नेता-नेताबीच खिचातानी गरायो ।
देश-देशबीच् युद्द गरायो ।
जाबो कागजको सानो टुक्रा क्याश्, तिम्रो कत्रो पावर !
अरुको त के कुरा गर्नु, यसले
मलाई नै कहिले लाहुरे बनायो,
कहिले पाले बनायो,
कहिले कुल्ली बनायो,
कहिले ड्राइभर बनायो,
चयनको जीवन जिऊ भन्छु,
यसले मलाई कहिले पूर्व पु-यायो, कहिले पश्चिम पु-यायो ।
कहिले उत्तर पु-यायो, त कहिले दक्षिण पु-यायो ।
कहिले तल झा-यो त कहिले माथि चढायो ।
जाबो कागजको सानो टुक्रा क्याश, यसको कत्रो पावर !
प्रतिक्रिया