लण्डन । कछुवाहरुको शारीरिक विकासको बारेमा अझसम्म तथ्यपरक अन्दाज लगाउन सकेको छैन । कछुवाहरुका शारीरिक संरचना विकास हुने गतिमा ढिलो हुने कारणले गर्दा पहिलोचोटि नब्बे वर्षको उमेरमा एउटी कछुवा आमा बनेकी छिन् ।
भर्खरै गालापागोस प्रजातिका कछुवा टी थ्रीलाई सानो चल्ला कछुवा एनजेसँग देखा परेकीछिन् । दशकौ देखिको चिडियाखानाका कामदारहरुका अथक प्रयासबाट तिनलाई गर्भधारण गराई प्रजनन् गर्न सफल भएका छन् । एनजे अहिले मात्र २ महिनाको भएको छ । एनजे अहिले आठ सेन्टिमिटर लामो र नौसय पचासग्राम तौलको छ । यो सानो चल्ला पछि बढेर पूर्ण विकसित भए एक दशमलव अस्सी मिटरसम्म (६ फुट) लामो र चारसय केजीसम्मको वजनमा बढ्नपुग्छ । टी थ्री छतौरे ठिट्टा, एउटा ४० वर्षीय कछुवाको प्रतीक्षामा थिईन् । ठिट्टा कछुवासँगको सहवास पाएपछि गर्भिणी बनेकी थिईन् ।
तरोङको पश्चिमी मैदानी चिडियाघर, न्यू साउथ वेल्श, अस्ट्रेलियाका कामदार अलिस वाल्टनले …. हामी एकदमै उत्तेजित छौं, यतिबेला, कारण धेरै लामो प्रक्रियापछि लामो समयको प्रयासपछि यो सफलता प्राप्त गरेका हौं ..हाम्रो प्रयास प्रत्येकवर्ष सफलता प्राप्तीतर्फ उन्मुख भइरहेका थियो ..भनेकी छिन् । एनजेलाई लिङ्ग छुट्याउन अझ पाँच वर्ष कुर्नुपर्छ । यसलाई तापक्रम नियन्त्रित कोठामा राखेर दिनमा धेरै पटक निरीक्षण गर्नुपर्छ । हाल गालापागोस प्रजातिका कछुवाहरु गलापागोस द्वीप समूहमा २० हजारको हाराहारीमा रहेका छन् । केही दशक अघिसम्म लुप्त हुन गइरहेको यस कछुवाका प्रजाति संरक्षण गरेकाले संख्यात्मक बृद्धि भएको छ । एनजेलाई अर्को महिना सार्वजनिक गरिने छ । उत्सुक रहेकाहरुका जानकारीको लागि यस प्रजातिको कछुवा १७७ वर्षसम्म बचेको रेकर्ड रहेको कुरा प्रकाशमा आएको छ । श्रोत – नेट, सुमल, मेस ।
प्रतिक्रिया