अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी

अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी


लण्डन । अनेसासद्धारा आयोजना गरिने दोश्रो अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलन सन् २०११ को अगष्ट २६,२७ र २८ तारिख बेलायतको राजधानी लन्डनमा गर्ने निर्णय गरिसकेको परिप्रेक्षमा आफूलाई दिएको यो ऐतिहासिक जिम्मेवारी पूरा गर्न अनेसास बेलायत च्याप्टर कटिबद्ध भएर जुटेको छ । सम्मेलनको प्रमुख संयोजक श्रीमती जयालक्ष्मी राईले दिएको जानकारी अनुसार कार्यक्रम हलको व्यवस्थापन र अतिथि गृहको व्यवस्था भइसकेको र सम्मेलनको सन्दर्भमा बेलायत आउने अतिथिहरुको लागि केन्द्रीय कार्यसमितिले मिलाउनु पर्ने आवश्यक प्रकृया साथै विभिन्न मुलुकहरुमा रहेका नेपाली संघसस्थाहरु संग पत्राचारलगायतका कार्यहरु शुरु भै सकेका छन् । यसैगरी यस सम्मेलनलाई प्रभावकारी रुपमा सम्पन्न गरी उपलब्धीमूलक र परिणाममुखी बनाउनको लागि संयोजक समितिलाई विस्तार गरी देहाय बमोजिम आवश्यक समितिहरु गठन समेत गरिएको छ ।
प्रमुख संयोजकः जया राई, संयोजकहरु, सल्लाहकारहरुः कार्यक्रम समितिहरुः १. कार्यक्रम मुख्यव्यवस्थापन तथा जनसम्पर्क समिति, २. कार्यक्रमस्थल तथा आवास व्यवस्थापन समिति ३. संचार तथा प्रचारप्रसार समिति ४. प्रकाशन समिति, ५. आर्थिक समिति ६. साहित्य समारोह समिति ७. सास्कृतिक कार्यक्रम समिति ८. अतिथि सत्कार समिति
सम्मेलनका लागि रजिष्ट्रेशनः
यस दोश्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा भाग लिन चाहने विद्वान श्रष्टा र साहित्यप्रेमी महानुभावहरुका लागि अनलाइन रजिष्ट्रेशन खुल्ला गरिने भएको छ । यसरी सम्मेलनका लागि विधिवत रजिष्ट्रेशन गरिसकेको आधारमा भीसा उपलव्ध गर्नका लागि आवश्यक निमन्त्रणापत्र सम्बन्धित सबैलाई पठाइने छ । रजिष्ट्रेसन गरी सम्मेलनमा आउने सबै पाहुनाहरुलाई कार्यक्रम अवधिभर अगष्ट २६, २७ र २८ सम्म खाना र वासस्थानको निशुल्क व्यवस्था गरिनेछ । नेपालबाट सम्मेलनमा भाग लिन चाहनेहरुलाई अनलाइन रजिष्ट्रेशनको समस्या पर्न सक्ने कुरा प्रति मध्यनजर गर्दै त्यसो भएमा अनेसास नेपाल च्याप्टरमार्फत पनि रजिष्ट्रेशन गर्नसक्ने व्यवस्था गरिएको छ । यसका लागि च्याप्टर अध्यक्ष राधेश्याम लेकालीसँग सम्पर्क गर्न सकिनेछ ।
-रुपक