लण्डन । बेलायत सरकारको एउटा प्रतिवेदनअनुसार मुसलमान अतिवादीहरुका कारणले गर्दा बेलायतका बच्चाहरु ख्ातरामा रहेका कुरा जनाएको छ । स्कुलमा पढ्ने स-साना विद्यार्थीहरुले स्कुलमा अनलाइन जिहादी (धर्मयुद्ध) भीडीओहरु हेर्न सक्छन् र यस्ता सामंग्रीहरु पब्लिक लाइब्रेरीहरु र इमिग्रेशन रिमुभल केन्द्रहरुमा समेत हेर्न पाउँछन् । अतांकवादको विरुद्ध अनलाइनमार्फत सम्पर्क हुनसक्ने यस्ता कृयाकलापहरुलाई निरुत्साहित गर्नको लागि एउटा गुरुयोजना बनाएको छ । यस योजनाअन्तर्गत रहेको मुद्धालाई गृहसचिव टेरेसा मेले अतिवादीहरुसँग सरोकार राख्ने सूचनाका सामग्रीहरु सार्वजनिक ठाउँहरुमा बन्द गर्न र मानिसहरुलाई अलकायदा अथवा यस समूहहरुसँग सम्बन्ध राख्ने अतिवादी समूहहरुमा संलग्नता हुनुबाट रोक्न र सहयोग गर्नलाई रोक्नुपर्छ भनेर माग राखेकी छिन् । गृहसचिव मेले सन् २००७ बाट शुरु गरिएको अतांकवाद रोकथामका लागि छुट्याइएको योजना अन्तर्गतको बजेटबाट ६३ मिलियन पाउण्ड स्टर्लिङ बराबरको रकम यस्ता अतिवादी संस्थानहरुलाई वितरण गरिसकेको कुरा स्वीकार गरेकीछिन् । प्रतिनिधि सभा (हाउस अफ कमन्स)मा बोल्दै तिनले अतिवादीहरुका वैचारिक सिद्धान्तलाई यस योजनाअन्तर्गत् सकारात्मकतर्फ उन्मुख गराउन असफल रहेको कुरा व्यक्त गरेकी थिईन् । तर, छायाँ गृहसचिव वाइमेट्ट कूपरले गृहसचिव थेरेसा मेलाई राजनीतिक फाइदा उठाउनका लागि यस्ता कुराहरु दर्शाएर खण्डन गरेका हुन् भनेर आरोप लगाएका छन् । श्रोत – नेट, सुमल, मेस ।
प्रतिक्रिया