शरीर छेडेर कीर्तिमान राखेकी महिलाको विवाह

शरीर छेडेर कीर्तिमान राखेकी महिलाको विवाह


लण्डन । शरीरका भागहरुमा लगभग सात हजार पटक सीयोले छेडेर आभुषण पहिरन गर्नु भनेको एकजना महिलाको लागि सहज कुरो होइन । यससम्बन्धी विश्व रेकर्ड कायम गरेकी महिला, एलाईन् डेभिडसनले हिजो आफ्नै विवाहमा रिङ -औंठी) पहिरेर अन्तिम पटक आभुषण धारण गरेकी छिन् । एलाइनको शरीरभरि ६९२५ चोटी सीयोले घोचेर दुलो पारेर लगाएकी आभुषणको वजन तीन केजी पुगेको छ । ६० वर्षीय बेहुला, डगलास् वाटसनले हिजो एडिनबर्गमा विवाह सम्पन्न भएको बेलामा … मान्छेहरुले शरीरभरि प्वाल पारेर लगाएकी आभुषणलाई हेर्छन् तर मैले तिनीभित्र प्रभावशाली शालीन् व्यक्तित्व पाएको छु भनेर आफ्नी दुलहीलाई तारिफ गरेका थिए । एडिनबर्गकी ४६ वर्षीया दुलही, पूर्वनर्सले … मान्छेहरु मलाई राम्ररी हेर्न चहान्छन्, छुन्छन् र कसै-कसैले चुम्न चाहान्छन् … भनेकी थिईन् । एलाइनले शरीरभरि लगाइराखेकी रिङ्गहरु, दुलो पारेर लगाएकी ससाना बिन्दिया जस्ता गहनाहरु र डल्लाडल्ली चिजहरु एकपटक लगाएपछि कहिल्यै फुकालेकी छैनन् । सुत्नेबेलामा पनि तिनले ती पहिरिएका आभुषणहरु कहिल्यै फुकाल्दिनन् र तिनलाई सीयोले शरीर छेड्दा नदुखेको बताउँछिन् । एलाइन् काँटीहरुको विस्तरामाथि सुत्छिन्, आगोमाथि हिँड्छिन् र सीसाहरुमाथि सुत्न सक्छिन् । त्यस्तै हिजो नै लसभेगासमा अर्की एकजना २२ वर्षीया महिला, एस्टेशा राण्डालले ३२०० पटक आफ्नो शरीरको पछाडिको भागमा, खुट्टामा र पाखुरामा सीयोले छेडेर हालै रहेको विश्व कीर्तिमानमा थप १०० वटा बढी छेडेर नयाँ विश्व कीर्तिमान स्थापित गरेकी छिन् । तिनले ३६०० वटा छेड्ने लक्ष्य राखेकी थिईन् । श्रोत – नेट, सुमल, मेस ।