इन्टेक ९१ वाला नम्बरीहरुको वार्षिक भेला

इन्टेक ९१ वाला नम्बरीहरुको वार्षिक भेला


लण्डन । इन्टेक १९९१ वाला नम्बरीहरुको वार्षिक भेला, गत मे २८ तारिख, शनिवार अल्डरसटमा सम्पन्न भयो । गत वर्ष विविध कारणहरुले आयोजना हुन नसके पनि, यो वर्षको भेट्घाट् कार्यक्रम मनोरन्जनपूर्ण र तुलनात्मकरुपमा अन्य वर्षहरु भन्दा पृथक रह्यो ।
यो वर्षको नम्बरी भेला क्युओजीएलआरका नम्बरीहरुको सक्रियातामा भएको थियो । स्मरण रहोस्, सन् २००८ र २००९ मा पनि क्युओजीएलआरका नम्बरीहरले, यस्तो भेलाको आयोजना गरिसकेका छन् । सहभागिताको दृष्टिकोणले यो वर्ष धेरै नम्बरीहरको उपस्थिति रहेको थियो ।
भक्त दर्जीको बन्दोबस्तामा भेट्घाट् दोहोरी साँझबाट तीनजना कलाकारहरुलाई पनि आमन्त्रण गरिएको थियो । उनीहरुले गाएका गीत र प्रस्तुत गरेका नृत्यबाट सबैले मनोरन्जन लिएका थिए । त्यस्तै, जीवन गुरुङ र बिष्णुकमारी राईले पनि, भेट्घाट् दोहोरी साँझबाट आएकी गायिकासँग गीत गाएर, थप रौनकता थपेका थिए ।
सोही दिन, नन्द कालाको संयोजकत्वमा तीन सदस्यीय कार्यसमिति पनि गठन गरिएको थियो । यो समितिले भावी दिनहरुमा एकआपसका समस्याहरु र उत्थानको लागि काम गर्ने जनाएको छ । नम्बरी भेलामा सबैले भरपुर मनोरन्जन गरेको बताउँदै, आयोजक क्युओजीएलआरका नम्बरीहरुप्रति आभार प्रकट गरेका थिए ।
-योगराज राई