लण्डन । भर्खरैको सर्वेक्षणले दर्शाएअनुसार बेलायतमा धनी-गरीब दुबैतर्फकाले संसारका सबैभन्दा बढी आयकर तिर्ने देशहरुको पंक्तिमा उभिएको छ । बेलायतमा सालको सरदर आमदानीको हिसाबमा १५,२४२.०० पाउण्ड स्टर्लिङ रकम हातमा थाप्नेले, संसारका १९वटा राष्ट्रहरुलाई तुलना गर्दा बेलायत कर बढी तिर्ने राष्ट्रहरुको सातौं स्थानमा परेको छ अर्थात् कामदारहरुले आफ्नो कुलआएको ८३ दशमलव २ प्रतिशत रकम हातमा थाप्छन् । त्यही अनुपातको रकम आर्जन गर्नेले दुबईमा केही कर सरकारलाई तिर्नु पर्दैन । युएचआईका अकाउन्ट्यान्ट हृयाकर योङका अनुसार त्यति नै रकम कमाउने आयरल्याण्ण्डका कामदारले कूल आयको ९५ दशमलव ७ प्रतिशत थाप्दछन् भने जापान र अमेरिकाका कामदारहरुले कर तिरेर ९० प्रतिशत पैसा हातमा थाप्दछन् भनेर उद्धृत गरेका छन् । दुबईमा धनीहरुले आफ्नो आमदानीको सबंैपैसा राख्न पाइन्छ । अमेरिकाका धनी व्यक्तिहरुले आमदानीको ७० प्रतिशतसम्म आफूसँग राख्न पाइन्छ । स्वतन्त्र अर्थविद् एवं सम्पतिका व्यवस्थापक, जोनाथान डेभिसले …. हामी कंगाल भइसकेका छौं, सरकारले केही न केही घाटालाई उकास्ने काम पचास पेन भने पनि कर बृद्धि गरेर मिलाउन सक्नुपर्छ… भनेका छन् । तल दिएको तालिकाले २५,००० अमेरिकी डलर – १५,२४२ पाउण्ड स्टर्लिङ) सालको आमदानी प्राप्त गर्ने कामदारहरुको आधारमा कुन राष्ट्रका कामदारले कति कर तिर्छन् भन्ने तालिका १९ वटा राष्ट्रहरुको निम्न अनुसार तुलना गरिएको छ ।
Germany $18,149 72.6%
India $18.663 74.7%
France $18,750 75.0%
Italy $18.800 75.2%
Estonia $19,518 78.1%
Mexico $20,534 82.1%
UK $20,799 83.2%
Egypt $20,847 83.4%
Brazil $21,023 84.1%
Netherland $21,087 84.6%
Malaysia $21,140 84.7%
Canada $21,204 84.8%
Spain $21,328 85.3%
Russia $21,750 87.9%
USA $22,660 90.6%
Japan $22,704 90.8%
Ireland £23,937 95.7%
Dubai £25,000 100.0%
-श्रोत – नेट, सुमल, मेस ।
प्रतिक्रिया