आयमान अल जवाहिरी अल कायदा प्रमुख

आयमान अल जवाहिरी अल कायदा प्रमुख


लण्डन । हिजो अलकायदाको वरियताक्रममा दोश्रो नेताले ओसामा बिन लादेन मरेपछिको रिक्त स्थानको कार्यभार सम्हालेका समाचार प्रकाशमा आएको छ । इजिप्सीयन परिवारमा जन्मेका अदकायदाका प्रभावशाली नेता, डाक्टर आयमान अल जवाहिरीले आतंककारी संगठनलाई अघि बढाउनकालागि तकनिकी हिसाबले प्रभावकारी सञ्जाल फैलाएर उल्लेखनीय योगदान पुर्‍याउदै आएका छन् । ५९ वर्षीय नेताले आत्मघाती हमला र स्वतन्त्र आतंककारी समूहहरु गठन गर्दै तिनलाई प्रभावकारी बनाएर संगठनात्मक प्रतीक बनाएका छन् ।
अनलाइनबाट प्रसारण गरिएको घोषणामा उनले अलकायदाबारे सदाझै एकैखाले कुराहरु बताउँदै, अमेरिकाले उचालेका अधर्मीहरुलाई लडेर परस्त गर्ने र मुसल्मानहरुका घरमाथि आक्रमण गरेका इजरायलीहरु विरुद्ध लड्ने कुरा भनेका थिए । अल जवाहिरी अहिले पाकिस्तान र अफगनिस्तानको सिमानानजिकै बस्दै आएका छन् । बिन लादेनले आफ्नो प्रभाव शिथिल पार्दै आएको बेलामा केही वर्षयतादेखि दर्जनौ भीडीयोहरुमा अल जवाहिरी आतंककारी सञ्जालको मुख्य अनुहार बन्दै आएका थिए । गत मे महिनामा अमेरिकी हमलाबाट बिन लादेन मारिएपछि उनले बिन लादेनको बारेमा उनका योगदानलाई प्रशंसा गर्दै रेकर्ड गरिएको भीडीयो अनलाइनमार्फत सार्वजनिक गरेका थिए । उनले यस रेकर्डमा …. आज परमेश्वरको प्रशंसा गर्दै गुणगान गाउनुपर्छ.. अमेरिका आज एकजना मान्छे र एउटै समूहसंग मात्र नभर्इर्र्व्रि्रोहमा उठानबाट पुनरजागरणको लागि जिहादमा (धर्मयुद्धद) उत्रेको राष्ट्रसँग जुभmनु परेको छ … भनेका थिए । अल जवाहिरीले बिन लादेनलाई सन् १९८० ताका अफगानिस्तानमा जतिबेला सोभियत रुसी सेनामाथि मुसल्ामान सेनाहरु भारी पड्दै थियो त्यतिबेला भेटेका थिए । त्यसपछि उनिहरुले अलकायदा संगठन स्थापित गरेका थिए । ९/११मा न्यूयोर्क शहरमाथि आतंककारी समूहले हमला गर्ने गुरुयोजनाको प्रवर्तक रहेको कारणले सन २००१ मा अमेरिकाले हवाइहमला गर्दा अल जवाहिरीका ६ जना बच्चामध्ये २ जना र उनको पत्नि मारिएका थिए । त्यसैसाल उनले बढीभन्दा बढी अमेरिकीहरुलाई कुनै पनि उपायबाट गोली, चाक्कु, बम तथा फलामको डण्डा प्रहार गरेर मार्नुपर्छ भन्ने अलकायदाको नियम बनाएर अनुमोदन गरेका थिए । श्रोत – मेट्रो, सुमल, मेस ।