एसएलसी परीक्षा को नतिजा सार्वजनिक

एसएलसी परीक्षा को नतिजा सार्वजनिक


काठमाडौं । प्रवेशिका परीक्षा एसएलसी २०६७ को नतिजा आज सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्ष २ लाख ३० हजार ४ सय ९९ जना परीक्षार्थी उतिर्ण भएका छन् । जसमध्ये नियमिततर्फ ५५ दशमलव ५ प्रतिशत अर्थात २ लाख २० हजार ७ सय ६६ परीक्षार्थी उतिर्ण भएका छन् । यो गतवर्षको तुलनामा ८ दशमलव ८१ प्रतिशत कम हो । नियमिततर्फ विशिष्ट श्रेणीमा २० हजार १ सय ११, प्रथम श्रेणीमा ८२ हजार, ६ सय १९, दितृय श्रेणीमा १ लाख ९ हजार ७ सय ९५ र तेस्रो श्रेणीमा ८ हजार २ सय ४१ जाना उतिर्ण भएका छन् ।

यसैगरी यसवर्ष एक्जामटेडतर्फ ९ हजार ७ सय ३३ अर्थात १७ दशमलव ३० प्रतिशत परीक्षार्थी उतिर्ण भएका छन् । यो गतवर्षको भन्दा करिव १३ प्रतिशतले कम हो । एक्जामटेडतर्फ विशिष्ट श्रेणीमा कोहि पनि उर्तिण भएका छैनन भने प्रथम श्रेणीमा १ सय ८०, द्धितृय श्रेणीमा ७ हजार ३ सय ६६ र तेस्रो श्रेणीमा २ हजार १ सय ८७ जना परीक्षार्थी उतिर्ण भएका छन् ।

२०६६ सालको परीक्षामा नियमित तर्फ ६४ दशमलव ३१ तथा एक्जामटेडतर्फ २९ दशमलव १८ प्रतिशत विद्यार्थी उतिर्ण भएका थिए ।

गत चैत १० देखि १८ गतेसम्म सञ्चालित एसएलसी परीक्षामा मुलुकभरबाट नियमित र आंशिकतर्फ गरी ४ लाख ५६ हजार २२ जनाले परीक्षा दिएको छ । – मेस