लण्डनदेखि टोकियो केवल २ घण्टाको सफर

लण्डनदेखि टोकियो केवल २ घण्टाको सफर


लण्डन । लण्डनदेखि टोकियोका लागि नयाँ हाइपर सोनिक जेट बिमानको सफर गर्ने कसैले पनि सफर अवधिभरि मनोरञ्नन गर्ने क्रियाकलापको आशा नराखे हुन्छ किनभने मनोरञ्जनको प्रक्रिया पूरा नहुँदै तपाई आफ्नो गन्तव्यमा पुगिसकेको हुनेछ । भविष्यमा परिचालन हुने यस विमानले लण्डनदेखि टोकियोका लागि एकतर्फको यात्रा २ घण्टाभन्दा अलि बढी समय मात्र लिनेछ । यस विमानको हाइपर सोनिक क्षमताको दू्रत गति प्रतिघण्टा पाँच हजार किलोमिटरसम्मको हुनेछ जुनचाँहि अवाजको गतिभन्दा चारगुणा बढी हो । यस विमानलाई बायोउर्जा, हाइड्रोजन र अक्सिजनयुक्त बनाएर वातावरणीय दृष्टिकोणबाट यो विमान विश्वको सबैभन्दा स्वच्छ र सफा विमान सिद्ध हुनेछ । यो विमान सयजना यात्रुहरु बोकेर पृथ्वीको सतहभन्दामाथि २० माइलको उँचाइ भएर उड्नेछ । तर, अहिले नै यस जहाजबाट यात्रा गर्नलाई अग्रिम बुकिङको लागि हतार नगर्नुहोस् किनभने यसको व्यावसायिक उडान अबको चालीस वर्षपछि मात्र हुनेछ । युरोपीयन एरोनाटिक्स एण्ड डिफेन्स जोयन्ट (इएडीएस)ले जेह्रा-जिरो एमिशन हाइपरसोनिक ट्रान्स्पोर्टटे्शन विमानको हाल निर्माणको विकास भइरहेको छ । एअरबस निर्माण गर्ने उक्त कम्पनीले सन् २०००मा भीषण दुर्घटनाग्रस्त भएको सुपरसोनिक जेट कोङकोर्डको कारणले गर्दा ८ वर्षपहिले नै सुपरसोनिक जहाजको निर्माण कार्य बन्द गरिएको थियो । अहिले यस कम्पनीले नयाँ विमान निर्माण गर्ने प्रोजेक्ट ल्याएर फेरि नयाँ विमानकार्य शुरु गरिरहेको कुरा प्रकाशमा आएको छ । इएडीएस कम्पनीका तकनिकी निर्देशक जीन बट्टीले ला बाउरजेट, पेरिसमा गत शनिवारको दिनमा भएको विमान प्रदर्शनीमा यस विमानको विवरण दिंदै … यो विमान भूमण्डलीय वातावरणभन्दा माथिको उँचाइ लिएर उड्ने हुनाले यसको गति ४ हजार ८सय प्रतिघण्टाको रफ्तारले उड्नसक्नेछ… भनेर प्रकाश पारेका थिए । हाइपरसोनिकको गतिमा लण्डनदेखि स्पेनको मलागा केवल २० मिनटमा पुग्न सकिनेछ, संयुक्त राष्ट्र अमेरिकाका तटीय क्षेत्रमा केवल एक घण्टा र अस्ट्रेलियाको सिड्नी शहरमा साढे तीन घण्टाभित्र पुग्न सक्नेछ । श्रोत – मेट्रो, सुमल, मेस ।