निन्द्रामा हिँड्ने डाक्टरलाई गाडी चलाउन रोक्का

निन्द्रामा हिँड्ने डाक्टरलाई गाडी चलाउन रोक्का


लण्डन । चारपटकसम्मको सीमाभन्दा बढी गाडी चलाउँदा नियम उलंघन गरेर अनि त्यसपछि निन्द्रामा कार चलाएर दुर्घट्ना गरेका डाक्टरलाई अदालतले गाडी चलाउनको लागि रोक्का गरेको समाचार प्रकाशमा आएको छ । डाक्टर डोनाल्ड क्लेग्ले अदालतसमक्ष आफ्नो गाडी चलाउने लाइसेन्स् निलम्बन नगर्नलाई अनुरोध गरेका थिए । उनले आफू प्यारासोम्निया (निन्द्राको अवस्थामा थाह नभई केही गर्ने)को कारणले गर्दा थाहा नै नपाई एक माइल परसम्म गाडी चलाएर गएको बेलामा दुर्घटना भएको कुरा बताएका थिए । अदालतका न्यायधीशहरुले उनी निन्द्राको अवस्थामा आफ्नो कारलाई चलाउँदै जाँदा गाडीहरु आइरहेका दोहोरो सडकमा आफ्नो कार घुमाउँदा दुईवटा कारलाई ठक्कर मारेर तेस्रो गाडीसित गत सालको डिसेम्बर महिनामा दुर्घट्नाग्रस्त भएको कुरालाई स्वीकारेका छन् ।
बरी निवासी क्लेगको श्वास परिक्षण गर्दा एकसय मिलिलिटर श्वासमा १२७ माइक्रोग्राम रक्सीको अनुपात भेटि्टएको थियो । गाडी चलाउँदा प्रचलित नियममा ३५ माइक्रोग्रामभन्दा बढी रक्सी सेवन गरेको अनुपात भेटि्टए त्यो नियम विपरीत ठहर हुनेछ वा कानूनी कारवाही गरिन्छ । उनलाई अत्याधिक रक्सी सेवन गरेका तथा गाडी चलाउँदा लापरवाही गरेकाले १२ महिनाको गाडी चलाउनबाट रोक्का अनि जम्मा ९ सय ६५ पाउण्डको जरिमाना तिर्ने आदेश अदालतले दिएको छ । श्रोत – नेट, सुमल, मेस ।