सेपाकताक्रोको तेस्रो संस्करण नेपालमा

सेपाकताक्रोको तेस्रो संस्करण नेपालमा


Sport 2

दक्षिण एसियाली सेपाकताक्रो महासङ्घको चौथो बैठकले दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपको तेस्रो संस्करण नेपालमा आयोजना गर्ने निर्णय गरेको छ । श्रीलङ्काको कोलम्बोमा महासङ्घका अध्यक्ष सीताराम मास्केको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । प्रतियोगिता २०१८ को जनवरी १८ तारिखदेखि आयोजना गरिनेछ । पहिलो संस्करण पनि नेपालले नै आयोजना गरिएको थियो । प्रतियोगिताको दोस्रो संस्करण हालै कोलम्बोमा सम्पन्न भएको थियो । पा“च राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपालले पुरुष÷महिला डबल्स र रेगु गरी चार स्पर्धामा भाग लिएको थियो । सबैमा नेपालले रजत पदक जितेको थियो ।

बैठकले यसै वर्ष युथ च्याम्पियनसिप भारतमा गर्ने तथा नेपालमै हुने १३औँ दक्षिण एसियाली खेलकुदमा सेपाकताक्रोलाई समावेश गर्न सम्बन्धित सबै राष्ट्रले पहल गर्ने निर्णयसमेत गरेको छ । बैठकले महासङ्घको विधान पनि पारित गरेको छ । उक्त बैठकले नै राखेप सदस्यसचिव केशवकुमार विष्टलाई उपाध्यक्षमा मनोनीत गरेको छ । यसअघि सदस्यसचिव विष्ट महासंघको सदस्य थिए ।

त्यस्तै, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट र श्रील्काको खेलकुद मन्त्रालयका डारेक्टर जेनरल समन बन्दराबीच भेटवार्ता भएको छ । भेटमा सदस्यसचिव विष्टले दोस्रो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिप आयोजना गरेकोमा धन्यवाद दिँदै १२औँ दक्षिण एसियाली खेलकुदमा श्रीलङ्काले दोस्रो स्थान हासिल गरेकोमा बधाई दिएको प्रेस सल्लाहकार दाहालले जानकारी गराएका छन् । सो अवसरमा सदस्यसचिव विष्टले समनलाई नेपाल आउन निम्तोसमेत दिएका थिए । नेपाल र श्रीलङ्का मिलेर खेलकुदको क्षेत्रमा के गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो ।
समनसँगको भेटमा सदस्यसचिव विष्टले नेपाली क्रिकेट प्रशिक्षकलाई श्रील्कामा प्रशिक्षणका लागि व्यवस्था मिलाइदिन आग्रह गरेका थिए । यस विषयमा समनले श्रीलङ्काली क्रिकेट बोर्डसँग सल्लाह गर्ने बताए । सदस्यसचिव विष्टले श्रीलङ्काली ओलम्पिक कमिटीका पदाधिकारीसँग पनि भेट गरेका थिए । सो अवसरमा नेपालले आयोजनाको जिम्मेवारी पाएको १३औँ दक्षिण एसियाली खेलकुदका विषयमा छलफल भएको थियो ।