
वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्न अनुमतिप्राप्त टेक्सास पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरले जनही दस लाख लिएर नेपाली कामदार पोल्यान्ड पठाउन थालेको छ, जब कि नेपालको कानुनअनुसार यो अवैध हो । इजाजत प्राप्त म्यानपावर कम्पनीले मात्रै कामदार वैदेशिक रोजगारीमा पठाउन पाउने वैदेशिक रोजगार ऐन र नियमावली २०६४ मा छ ।
ताम्राकार थरका सञ्चालकले गत माघ १२ गते राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशित भएको भन्दै सर्वसाधारणसँग जनही दस लाखका दरले रकम असुलिरहेका छन् भने ५ मार्चमा ताम्राकारले कामदारहरूलाई बस र हवाईजहाजको बाटो हुँदै भारतको नयाँदिल्ली लैजाने दाबी गरेका थिए । ताम्राकारले ‘नेपाल प्रहरी र नेपाली सेनाका छोराछोरीसमेत तपाईंहरूसँग पोल्यान्ड जाँदै छन्, तपाईंहरू डराउनुपर्दैन’ भन्दै सर्वसाधारण नेपालीसँग रकम असुल्ने गरेको पोल्यान्ड पुग्ने आशामा रकम र पासपोर्ट बुझाएका एक व्यक्तिले जानकारी दिए ।
त्यसैगरी टेक्सास पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरका सञ्चालक ताम्राकारले वैदेशिक रोजगारीका लागि स्वास्थ्य परीक्षण गर्न आउने सर्वसाधारणलाई बहराइन, ओमन, कतार, दुबई, साउदी, मलेसियालगायतका मुलुकमा पठाइदिने भन्दै पासपोर्ट र रकम असुल्दै आएका छन् । काठमाडौंको एयरपोर्ट, सिनामंगलस्थित रहेको कार्यालयमा मेडिकल परीक्षण गर्न आउनेको अलावा वैदेशिक रोजगारीमा जानेको लाइन देख्न सकिन्छ । यसरी इजाजत नै नलिई कामदारसँग मोटो रकम असुल्दै गर्दा घुसकै आधारमा नेपाली कामदार ठगिएका छन् । व्यक्तिगत र संस्थागत सेटिङ मिलाएर मानिस वैदेशिक रोजगारीमा पठाउने ताम्राकारजस्ता अनगिन्ती बिचौलिया राजधानीमा सक्रिय रहेको बताइन्छ ।
प्रतिक्रिया