क्यान्सर उपचारमा ‘गामा नाइफ’को चमत्कार

क्यान्सर उपचारमा ‘गामा नाइफ’को चमत्कार


चिकित्सा विज्ञानको पछिल्लो आविष्कार ‘गामा नाइफ’ यतिबेला चर्चाको शिखरमा छ । नामको आधारमा यसले ‘चक्कु’लाई सम्बोधन गर्ने भए पनि यसले कुनै चिरफार गर्ने काम गर्दैन । मस्तिष्कको र्सजरीका लागि निकै उपयुक्त मानिएको ‘गामा नाइफ’लाई अहिले विज्ञानको नौलो चमत्कार मानिएको छ । ‘गामा नाइफ’को अनुसन्धानसँगै वैज्ञानिकहरूले यो मस्तिष्क क्यान्सरका लागि निकै लाभदायक यन्त्र भएको दाबी गरेका छन् । सिड्नीस्थित मेक्वायर विश्वविद्यालयले हालै गामा नाइफको प्रयोग गरी पहिलोपटक मस्तिष्कमा भएको क्यान्सरको सफल उपचार गरेको थियो ।
बिनाचिरफार गरिएको अपे्रसनमा बिरामीलाई पूरै समय होसमै राखिएको थियो । ‘गामा नाइफ’को माध्यमबाट सहज र सफल अपे्रसन गरिएपछि वैज्ञानिकहरूले यसलाई महत्त्वपूर्ण उपकरणको संज्ञा दिएका छन् । यससम्बन्धी विभिन्न रोगहरूको इलाज बिनाचिरफार गर्न सम्भव भएको छ । प्रख्यात न्युरोर्सजन डाक्टर जोन फ्युलरले गामा नाइफ उपचार पारम्परिक न्युरोर्सजरीभन्दा निकै अलग भएको बताएका छन् । डा. फ्युलरले मस्तिष्क बिरामीका लागि यो राहतको विषय भएको दाबी गरे ।

हजुरआमामाथि नातिको क्रूरता
पत्याउनै गाह्रो पर्ने घटना गत साता बेलायतमा घटेको छ । एक २६ वषीय युवकले आफ्नै हजुरआका विभिन्न अङ्ग काटेर खाँदा उनको मृत्यु भएको छ । पेसाले कम्प्युटर प्रोग्रामर सेरगेइ झमारियोवले आफ्नै ६० वषीया हजुरआमामाथि यस्तो अत्याचार गरेको थियो । एक दिन हजुरआमासँगै बसिरहेको बेला सेरगेइले यस्तो राक्षसी रूप देखाएको थियो । उसले सर्वप्रथम जीवित हजुरआमाको आँखा काँचको टुक्राले निकाल्दै खाएको थियो । यसपछि ती वृद्धा महिलाले सहयोगका लागि हारगुहार गर्दा सेर्रगईले उनको ज्रि्रो काटेर खाएको थियो । यसरी आफ्नी हजुरआमामाथि हत्याचार गर्ने क्रममा उसले ओठ र कान काटेर खाएको थियो । यसपछि पीडा खप्न नसकेर ती वृद्धाको मृत्यु भएको थियो । स्मरणीय छ, सेरगेइका आमाबुबाको सम्बन्धविच्छेद गरेपछि उनलाई तिनै हजुरआमाले पालनपोषण गरी हुर्काएकी थिइन् । यसरी आफ्नै हजुरआमाको क्रूरतापूर्वक हत्या गर्ने सेरगेइलाई प्रहरीले पक्राउ गरेको छ । उसले किन यसरी आफ्नी हजुरआमामको हत्या गर्‍यो त्यसबारे अनुसन्धान भइरहेको छ ।

चिया मुटुरोगको अचुक औषधि †
मानिसहरू जानी-नजानी दिनहुँ चिया पिउने गर्छन् । चिया पिउँदा स्वास्थ्यमा अर्थात् हृदयरोगीहरूलाई कति फाइदा पुग्छ त्यसमा उनीहरू अन्जान हुन्छन् । हालै चियाको उपयोगिताको बारेमा अन्वेषण गरिरहेको शोधकर्ताले चियालाई हृदयरोगको अचुक औषधिको रूपमा विश्लेषण गरेका छन् । ती शोधकर्ताहरूले दिनमा तीनपटक चियाँ पिउँदा हृदयरोग लाग्ने र हृदयरोगबाट मर्ने कम सम्भावना हुने निष्कर्ष निकालेका छन् । शोधकर्ताहरूले दिनमा लाखौँ मानिसले पिउने चिया निकै स्वास्थ्यबर्द्धक र हृदयरोगीका लागि कवच भएको धारणा प्रस्तुत गरेका छन् । शोधकर्ताहरूले चियामा ‘फ्लैबोन्वायक’ भन्ने तत्त्व पाइने र यसले मुटुलाई प्रत्यक्ष-अप्रत्यक्ष रूपमा फाइदा पुर्‍याउने बताएका छन् । आफूहरूले १३ वर्षसम्म पचास हजारभन्दा बढी व्यक्तिहरूमा गरेको अध्ययनअनुसार दिनमा तीनदेखि ६ कप चिया पिउने व्यक्तिभन्दा एक कप मात्र चिया पिउनेको आयु ४५ प्रतिशत कम हुने शोधकर्ताले बताएका छन् ।

सुखी बन्न व्यस्त रहौँ
मानिसले सुखी रहनका लागि विभिन्न उपाय अवलम्बन गरे पनि खासै सफलता पाउन सकेका छैनन् । यस्तो अवस्थामा हालै एउटा सुखद खबर आएको छ । विशेषज्ञहरूले सुखी रहनका लागि सरल उपाय पत्ता लगाएका छन् । विशेषज्ञहरूले कुनै पनि ब्यक्तिहरूलाई खुसी रहनका लागि आफूलाई व्यस्त एक्सप्रेस डटकम युकेका अनुसार खाली बस्नुको साटो फाल्तु र अनावश्यक काममा आफूलाई व्यस्त राख्दा पनि निकै राहत हुने बताएको छ । त्यस्तै सिकागो विश्वविद्यालयका प्रोफेसर क्रिस्टोपुर हसीले विद्यार्थीमाथि गरेको प्रयोगबाट पनि यस्तै निष्कर्ष निकालेका छन् । हसीले विद्यार्थीलाई एक प्रश्नावली दिँदै १४ मिनेटसम्म प्रतीक्षा गर्न अह्राएका थिए । सो अवधिमा आफ्नो उत्तर दिएर अन्य कुरामा व्यस्त रहेका विद्यार्थी अन्य विद्यार्थीभन्दा खुसी र सुखी देखिन्थे । तर्सथ प्रतीक्षा गर्नुभन्दा सो समयमा हिँडडुल गर्न र अन्य कार्यमा व्यस्त राख्दा सुखी हुने निष्कर्ण निकालेका थिए । – नवीन उपे्रती