नेपाल विद्वत परिषदद्वारा प्रशिक्षण र भेटघाट कार्यक्रम

नेपाल विद्वत परिषदद्वारा प्रशिक्षण र भेटघाट कार्यक्रम


Bidwat Parishad

मेची महाकाली भ्रमण अभियान २०७३ अन्तर्गत वीरगञ्ज आइपुगेको नेपाल विद्वत परिषदको टोलीले मंगलबार वीरगञ्जमा राष्ट्रिय प्रशिक्षण एवं भेटघाट कार्यक्रमको आयोजना गरेको छ । विद्वत परिषदमा आबद्ध विभिन्न तहका व्यक्तित्वलाई परिषदका केन्द्रिय अध्यक्ष जितबहादुर अर्जेल, केन्द्रिय सदस्य बल्लभ दाहाल, नरेशराज गिरी, अध्यानन्दप्रसाद कलवार, पशुपतिविक्रम शाह लगायतका टोलीले प्रशिक्षण दिएका हुन् ।

प्रशिक्षण कार्यक्रममा मन्तब्य दिँदै कार्यक्रमका प्रमुख अतिथि एवं परिषदका केन्द्रिय अध्यक्ष जितबहादुर अर्जेलले इमान्दारिता भए सानो समुहले पनि देशमा आमूल परिवर्तन ल्याउन सक्ने बताए । इच्छाशक्ति र कार्यशक्ति प्रवल भएकै कारण एक्ला पृथ्वी नारायण अघि सरेर राष्ट्र एकीकरणमा सबै नेपालीलाई सरिक गराएर विशाल नेपालको निर्माण गरे भने राजा महेन्द्रले पनि इच्छाशक्ति, कार्यशक्तिकै कारण आप्mनो शासनकालको सानो अवधिमा नै नेपाललाई विश्वमाझ चिनाउन तीव्र गतिमा विकास गरे । त्यसैले हामी सबै नेपाली तीव्र इच्छाशक्ति लिएर अगाडी बढ्यौ भने देश विदेशीकरण हुनबाट जोगिन्छ ।

अध्यक्ष अर्जेलले विदेशीलाई नागरिकता बा“ड्ने, विदेशी हस्तक्षेप, विदेशी धर्म निम्त्याउने तथा देशलाई परनिर्भर बनाएर आप्mनो दुनो सोझ्याउने दलीय व्यवस्था भन्दा पंचायती व्यवस्था नै नेपालको लागि उत्तम व्यवस्था भएको जिकीर गरे । उनदे परिषद कुनै निश्चत दल, व्यक्ति वाद, वर्ग, क्षेत्र समुदाय विशेषको नभई सिंगो नेपालीको साझा आवाज एकता, राष्ट्रिय अखण्डताको रक्षा र राजसंस्थाको पुनस्र्थापना लिएर अगाडी बढेकोमा सबै एकहुन आग्रह गरे ।

नेपाली राजनीतिक दल नेपाललाई समृद्धिको बाटोतर्फ अग्रसर गराउनुको साटो दुर्गतिको बाटोमा अग्रसर भएको उदाहरण दिनुहु“दै परिषदका केन्द्रिय सदस्य बल्लभ दाहालले विशेष अतिथिको आसनबाट बोल्दै दक्ष युवा जनशक्तिलाई विदेश पलायन हुन बाध्य पार्ने राजनीतिक दलले चाहेको भए ११ वर्षको अवधिमा देशलाई समृद्ध बनाई सक्थे तर त्यसो नगरी सम्पूर्ण नेपालीको अनुहारमा उदासिनता र कालो अन्धकारको भविष्यतर्फ धकेलेको प्रति राजनीतिक दलप्रति आक्रोश व्यक्त गरे ।

केन्द्रिय सदस्य दाहालले वर्तमानमा नेपालीले भोग्नु परेको जातीय, क्षेत्रीय अराजकता, अशान्ति, कलह नहटेसम्म विद्वत परिषद चुनावमा सहभागी नहुने बताउनु भयो । उनले राजनीतिक दलहरु जनतालाई जातीय क्षेत्रीय, रंगको आधारमा फाटो ल्याई आफूहरु सत्ताको मस्ती लुटिरहेकाले नेपाली जनताको अनुहारमा हा“सो आउन नसकेको बताए ।

परिषदका केन्द्रिय सदस्य पशुपति विक्रम शाहले नेपालीहरु आफैंमा एक नभएको मौका छोपेर विदेशीहरु नेपालमा चलखेल गर्न सक्रिय रहेकोमा चिन्ता व्यक्त गरे भने परिषदका केन्द्रिय सदस्य नरेशराज गिरीले नेपालीहरुमा जबसम्म आफू, कांग्रेसी, एमाले, माओवादी, कम्युनिष्ट, मधेशवादी भन्दा नेपाली हु“ भन्ने भावना आउ“दैन तबसम्म नेपालीले लिएको लक्ष्य एकता, समृद्धि र आत्मनिर्भरता कहिल्यै पनि पूरा नहुने तर्क गरे ।

परिषदका केन्द्रिय सदस्य अध्यानन्द कलवार, जिल्ला अध्यक्ष रामनारायाण साह, अरुण विक्रम शाहलगायतले स्वागत मन्तव्य दिएको सो प्रशिक्षण कार्यक्रममा वीरगंज उपमहानगरपालिकाका पूर्व नगरप्रमुख विमल श्रीवास्तव, संजिव कुर्मी, प्रेम सर्राफ, सरजुग पंडित, कमरुल होदालगायतको सहभागिता रहेको थियो । परिषदका केन्द्रिय सदस्य नरेशराज गिरीको सभापतित्वमा भएको सो कार्यक्रम विष्णु गिरीले संचालन गरेका थिए ।
Bidwat Parishad Pp