विमानस्थलमा नर्भिकको आकस्मिक स्वास्थ्य सेवा

विमानस्थलमा नर्भिकको आकस्मिक स्वास्थ्य सेवा


norvic_DSC4465

नर्भिक इन्टरनेसनल हस्पिटलले राजधानीस्थित विमानस्थलको आन्तरिक टर्मिनल भवनमा निःशुल्क आकस्मिक स्वास्थ्योपचार क्लिनिक सञ्चालनमा ल्याएको छ । नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरी शाक्य र विमानस्थलस्थित नागरिक उड्डयन कार्यालय, नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक देवानन्दप्रसाद उपाध्यायले संयुक्त रूपमा रिबन काटी उक्त कक्षको उद्घाटन गरेका छन् । यसअघि नेपाल पर्यटन वर्षको अवसर पारेर सन् २०११ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा अन्तर्राष्ट्रिय हवाई यात्रुहरूको निःशुल्क आकस्मिक एवम् प्राथमिक उपचारका लागि सुसज्जित निःशुल्क आकस्मिक चिकित्सा सेवा कक्ष सञ्चालनमा ल्याएको नर्भिकले आन्तरिक हवाई यात्रुहरूको सुविधालाई मध्यनजर गर्दै आन्तरिक टर्मिनल भवनमा समेत त्यसखाले सुविधा पु¥याउन लागेको जनाएको छ ।

बताइएअनुसार उक्त निःशुल्क आकस्मिक क्लिनिकमार्फत नर्भिकले आन्तरिक हवाईयात्रीहरूमा आइपर्न सक्ने कुनै पनि आकस्मिक चिकित्सा आवश्यकतालाई परिपूर्ति गर्ने लक्ष्य लिएको छ । सो आकस्मिक चिकित्सा कक्षबाट यात्रुहरूले बिहानदेखि साँझसम्म ड्युटीमा रहने चिकित्सक, नर्सिङ स्टाफ र प्यारामेडिकको सेवा प्राप्त गर्नुका साथै सबैखाले प्राथमिक उपचार प्राप्त गर्नेछन् ।