एराप्रपा (राष्ट्रवादी) दर्ता

एराप्रपा (राष्ट्रवादी) दर्ता


Rpp Rastrabadi

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) नामक राजनीतिक दल अस्तित्वमा आएको छ । हालै कमल थापा नेतृत्वको राप्रपाबाट अलग्गिएका नेता डा. प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा एराप्रपा (राष्ट्रवादी) नामक दल निर्वाचन आयोगमा दर्ता भएको छ । चैत १६ का दिन निर्वाचन आयोगमा दर्ता भएको डा. लोहनीको दलको दर्ता नम्बर ५९०६ रहेको भने दलको वरिष्ठ नेतामा केशरबहादुर विष्ट रहने भएका छन् । यस्तै, उपाध्यक्षमा राप्रपा समानान्तर नामक अलग समूह बनाएर बसेका गणेश शेरचनको चयन गरिने बताइएको छ । पार्टीले समावेशी राष्ट्रवाद, बहुदलीय प्रजातन्त्र र प्रगतिशील उदारवादलाई आफ्नो मूल नीति बनाउने निर्णय गरेको छ भने हिन्दूराष्ट्र र राजसंस्थासम्बन्धी विषयलाई कार्यान्वयनमा उतार्न पनि पार्टी स्पष्ट रहेको बताइएको छ ।
URPPN