
पूर्वराजा ज्ञानेन्द्र शाहले परम्परागत मान्यता, सत्यात्माको प्रतिष्ठा तथा लोक भावनाप्रतिको निष्ठा आजको नेपाली राज्य प्रणालीले भोग्नूपरेको चर्को खडेरी भएको बताउनुभएको छ । रामनवमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ– ‘त्रेता यूगमा यो धरतीमा लोक हितका निम्ति अवतरित मर्यादा पूरुषोत्तम रामको दिव्य स्मरण गर्ने आजको दिनले हामीलाई त्यागशीलता, मर्यादा तथा लोक मान्यता जस्ता उच्चतम गूण एवम् गरिमाको सम्झना गराउँदै त्यसतर्फ लाग्न उत्साहित गर्दछ ।’
सन्देशमा पूर्वराजाले अगाडि भन्नुभएको छ– ‘परम्परागत मान्यता, सत्यात्माको प्रतिष्ठा तथा लोक भावनाप्रतिको निष्ठा आजको नेपाली राज्य प्र०ाालीले भोग्नू परेको चर्को खडेरी हो । त्यसैले भगवान रामले देखाएको सत्यनिष्ठा, मर्यादा तथा लोकसम्मत राज्य व्यवस्था जस्ता विषय आजको नेपालमा टड्कारो आवश्यकताको रुपमा देखापरेको छ । रामनवमी जस्तो पूनीत पर्वविशेषले नेपाली भुलोकमा सबैलाई ‘सबैको हित गरौँ’ भन्ने दिव्य आदर्श दिन सकोस्, यही मेरो कामना छ । जय नेपाल ।’
प्रतिक्रिया