‘राष्ट्रियताको खण्डित परिभाषाले राष्ट्रियता नै कमजोर’

‘राष्ट्रियताको खण्डित परिभाषाले राष्ट्रियता नै कमजोर’


nc

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले मधेस र पहाडबीच झगडा गराउन नेकपा एमालेले षडयन्त्र गर्दैआएको आरोप लगाएका छन् । रुपन्देही काङ्ग्रेसले मंगलबार भैरहवामा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले एमालेले राष्ट्रियताको खण्डीत परिभाषा लिएर हिँड्दा राष्ट्रियता कमजोर हुने अवस्था आएको बताए । एमालेका नेताहरूले पहाडी राष्ट्रवाद भन्दै मधेस र मधेसी समुदायलाई गाली गरेर नेपाली–नेपालीबीच झगडा गराउन खोजेको उनको भनाई थियो ।

मधेसी समुदाय सीमामा बसेर सीमाको रक्षा गरिरहेका उल्लेख गर्दै सभापति देउवाले सीमावासी नागरिकको विशेष सम्मान हुनुपर्ने बताए । मधेसी समुदायको भावनाको कदर गर्दै काङ्ग्रेसले संविधान संशोधन प्रस्ताव ल्याएको र उक्त प्रस्ताव पास हुन नदिन एमालेले षडयन्त्र गर्दै मधेस र पहाडको झगडा हुने खालको अभिव्यक्ति दिँदै हिँडेको आरोप लगाए ।

संविधानले सवैका हक–अधिकार सुनिश्चित गरेको भन्दै उनले अब सविधान कार्यान्वयन गरी मुलुकलाई विकासको गतिमा लैजान निर्वाचन अपरिहार्य रहेको बताए । ुंघीय लोकतान्त्रिक संविधानले काठमाडौं र ंिहंदरबारमा सीमित रहेको अधिकार गाउँ तथा जनताको हातमा लिएर आएका भन्दै उनले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सबै एकजुट भएर लाग्न आग्रह गरे ।

कार्यक्रममा काङ्ग्रेसका वरिष्ठ नेता नेता रामचन्द्र पौडेलले जनतामा आएको अधिकारलाई संस्थागत गर्ने मौका निर्वाचन भएको भन्दै निर्वाचनका बारेमा कुनै पनि दुविधा नराख्न आग्रह गरे । ‘निर्वाचनमार्फत सिहंदरबारको अधिकार मर्चवारमा आउँदै छ,’ उनले भने– ‘सिंहदरबारको अधिकार जनतामा आउन लागेकाले जनताको अधिकार कसैले रोक्नु हुँदैन ।’ गाउँ र नगरलाई अधिकार दिने सन्दर्भमा मधेसी मोर्चा बिचलीत हुन नहुने र एमालेले उग्र राष्ट्रवादको नारा लिएर समुदाय–समुदायबीच झगडा गराई निर्वाचनको वाताबरण बिगार्न नहुने उनको भनाई थियो । राष्ट्रियताको खण्डित परिभाष लिएर जाती, समुदाय तथा धर्मको नारा लगाउनु लोकतन्त्रको परिभाषा भित्र नपर्ने पौडेलले तर्क गरे ।

सभालाई सम्वोधन गर्दै काङ्ग्रेस महामन्त्री डा. शशांक कोइरालाले मुलुक निर्वाचनमय भइसकेकोले अब कुनै पनि हालतमा निर्वाचन नरोकिने जनाए । हालसम्मका सवै परिवर्तन र जनताको अधिकार स्थापित गर्नमा नेपाली काङ्ग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै उनले अब सङ्घीय लोकतान्त्रिक संविधानलाई संस्थागत गर्न पनि काङ्ग्रेसको नेतृत्व आवश्यक रहेको औंल्याए ।
– चन्द्रकान्त खनाल