पूर्वअधिराजकुमारी प्रेरणाको स्वास्थ्यमा सुधार

पूर्वअधिराजकुमारी प्रेरणाको स्वास्थ्यमा सुधार


Prerana 2

स्वास्थोपचारका लागि नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना हुनुभएकी पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी देवी सिंहको स्वास्थ्यमा क्रमिक सुधार आएको र सुधार प्रक्रिया राम्रो देखिएको अस्पतालले जनाएको छ । उहाँको उपचारमा संलग्न चिकित्सकीय टोलीलाई उद्धृत गर्दै नर्भिक अस्पतालले जनाएअनुसार पूर्वअधिराजकुमारी प्रेरणाको बायाँ खुट्टामा देखापरेको कमजोरीमा उल्लेखनीय सुधार आई थप सहारामा हिँडडुल गर्न सक्ने हुनुभएको छ । गत चैत २५ गतेदेखि उपचारका क्रममा रहनुभएकी उहाँलाई हस्पिटल पु¥याउँदा सेरिवल भनेस् साइनस् थम्बोसिस भएको पाइएको र सोहीअनुसार उपचार चलाइएको बताइएको थियो । नर्भिकका स्नायुरोग विशेषज्ञ डा. पंकज जलान र पूर्वअधिराजकुमारीका पारिवारिक चिकित्सक डा. किशोरजङ राणा उहाँको उपचारमा संलग्न रहनुभएको बुझिएको छ ।