नेपाल–भारत संयुक्त साहसिक जलयात्रा आयोजना

नेपाल–भारत संयुक्त साहसिक जलयात्रा आयोजना


Press Note-01.04-01

सुपरिचित जल–सम्पदा माथिल्लो सेती र त्रिशूली नदीमा ‘नेपाल–भारत ज्वाइन्ट ह्वाइटवाटर ¥याफ्टिङ एक्सपिडिसन २०१७’ आयोजना गरिएको छ । नेपाली सेनाको आयोजनामा सात दिनसम्म सञ्चालन हुने उक्त साहसिक जलयात्रा वैशाख ५ देखि सुरु भएको र आगामी ११ गते समापन हुने नेपाली सेनाले जनाएको छ ।

सेती र त्रिशूली नदीमा पहिलोपटक आयोजना गरिएको संयुक्त जलयात्रामा नेपाली सेना र भारतीय सेनाका दश–दशजनाको सहभागिता रहेको छ । संयुक्त साहसिक जलयामा सहभागिता जनाउन भारतीय सेनाको टोली गत आइतबार नै नेपाल आइपुगेको थियो ।

तीन वर्षअघि भारतीय सेनाको आयोजनामा भारतमा सञ्चालन भएको ‘रुद्रप्रयाग–ऋषिकेश ¥याफ्टिङ एक्सपिडिसन २०१४’मा नेपाली सेनाको तर्फबाट बीसजनाले सहभागिता जनाएका थिए ।

Press Note-01.04-02