प्रधानन्यायाधीशमाथि महाभियोग प्रस्ताव

प्रधानन्यायाधीशमाथि महाभियोग प्रस्ताव


sushila karki

आउँदो महिनाको अन्तिम साता कार्यकाल पूरा गरी अनिवार्य अवकाश लिने क्रममा रहनुभएकी प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध सरकारले महाभियोग प्रस्ताव दर्ता गराएको छ । पदमा बहाली भएलगत्तैदेखि अनेकौँ उथलपुथलपूर्ण निर्णयहरु गरेर विशेष चर्चामा रहँदै आउनुभएकी प्रधानन्यायाधीश कार्कीविरुद्धको यस महाभियोग प्रस्तावले नेपालको न्यायिक इतिहासकै रेकर्ड तोडेको छ । यसअघि कुनै पनि प्रधानन्यायाधीशविरुद्ध महाभियोग लागेको थिएन । प्रधानन्यायाधीश कार्कीमाथि सरकारको कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको अभियोग लगाइएको छ । महाअभियोग प्रस्ताव दर्तासँगै कार्की निलम्बनमा पर्नुभएको छ । आउँदो जेठ २४ गते उहाँ अनिवार्य सेवानिवृत्त हुँदैहुनुहुन्थ्यो ।