
प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्तावप्रति असहमत हुँदै वैशाख १७ गते पदबाट राजीनामा दिएका विमलेन्द्र निधि पुनः गृहमन्त्रालय सम्हाल्न सहमत भएका छन् । कांग्रेससभापति शेरबहादुर देउवासँगको छलफल र प्रधानमन्त्री प्रचण्डको आग्रहपछि राजीनामा फिर्ता लिई गहमन्त्रालयको जिम्मेवारीमा फर्कन निधि तयार भएका बुझिएको छ ।
आइजीपी नियुक्तिको सन्दर्भदेखि पार्टी सभापति देउवासँग टाढिएको ठानिएका निधि र देउवाबीच पुनर्मिलन हुनुपर्ने भनी कांग्रेसभित्रै एक समूहले विभिन्न कसरत गर्दै आएको थियो । देउवानिकट नेता ज्ञानेन्द्र कार्कीको विशेष पहलमा निधि र देउवाबीच मिलेर जाने सहमति भएको बुझिएको छ ।
प्रतिक्रिया